उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष - Ariesचु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
|
वृष - Taurusइ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। तर परिस्थितिअनुसार नियम मिचेर भए पनि कुनै काम गर्न अघि सर्नुपर्ला।
|
मिथुन - Geminiका, कि, कु, घ, ङ, छ, के, को, हप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।
|
कर्कट - Cancerहि, हु, हे, हो, डा, डि, डु, डे, डोप्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।
|
मिथुन - Geminiका, कि, कु, घ, ङ, छ, के, को, हप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।
|
कर्कट - Cancerहि, हु, हे, हो, डा, डि, डु, डे, डोप्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।
|
सिंह - Leoमा, मि, मु, मे, मो, टा, टि, टु, टेसहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
|
कन्या - Virgoटो, प, पि, पु, ष, ण, ठ, पे, पोपछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
|
तुला - Libraर, रि, रु, रे, रो, ता, ति, तु, तेमिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
|
वृश्चिक - Scorpioतो, ना, नि, नु, ने, नो, या, यि, युविशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।
|
धनु - Sagittariusये, यो, भ, भि, भु, ध, फा, ढ, भेनयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
|
मकर - Capricornभो, ज, जि, खि, खु, खे, खो, गा, गि
|
कुम्भ - Aquariusगु, गे, गो, सा, सि, सु, से, सो, दप्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्न सक्छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। आफ्ना काममा अरूकाे सहयाेग लिनुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। केही समय अरूका काममा अलमलिनुपरे पनि मिहिनेतले अवसर दिलाउनेछ। पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ। नयाँ काम थालनी हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। पदीय जिम्मेवारी प्राप्त हुनुका साथै समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सप्ताहान्तमा आयस्राेत सबल बन्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ।
|
मीन - Piscesदि, दु, थ, झ, ञ, दे, दो, च, चिशुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ। साेमवार साँझदेखि केही जाेगिएर मात्र काम गर्नुपर्ला। अरूका लागि रकम र समय खर्च हुन सक्छ। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। शुक्रवारसम्म अर्थका हिसाबले समय कमजोर रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। सप्ताहान्तमा कर्मयोगले उचाइकाे मार्ग अवलम्बन गर्नेछ।
|
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij