नेपाल सम्वत् ११४६, कछलागाः ८, सप्तमी, (२६ कार्तिक, २०८२, १२ नोभेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन् । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ ।
गीतमा शब्द सन्तोष सापकोटा र संगीत अर्जुन स्वयंको छ । कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो । गीतमा प्रदीप रोदनको कविता वाचन छ ।
गीतका शब्दहरूले मायाको कुरा गर्छ । प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ । गीतको भिडियोमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ । परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडियोले पस्किएको छ ।
भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायत पनि देखिएका छन् । भिडिओको निर्देशन विशालले गरेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij