नेपाल सम्वत् ११४६, कछलागाः ७, पञ्चमी, (२५ कार्तिक, २०८२, ११ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । आफ्नो बहुचर्चित गीत ‘कालो सेतो’ ले युट्युबमा ५ करोड भ्यूज पार गरेपछि गायक पूर्ण राईले दर्शकलाई धन्यवाद दिएका छन् ।
१ नोभेम्बर, २०२३ मा रिलिज भएको उक्त गीतले सोमबार महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । ‘कालो सेतोले युट्युबमा ५ करोड भ्यूज पुर्यायो । माया गर्नुभएकोमा सबैलाई धन्यवाद’ उनले लेखेका छन् ।
युवापुस्तामा निकै चर्चित यो गीतको लय, भाका, शब्द र संगीतले प्रशंसा पाएको छ । गायक राईका सांगीतिक टूरमा पनि यो गीत निकै गुञ्जिने र माया पाउनेमध्ये पर्छ ।
उनको अर्को गीत ‘स्पर्श संगीत’ ले अहिलेसम्म दोस्रो धेरै ४ करोड ५२ लाख भ्यूज पाएको छ । उनको ब्यान्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ ले १४ नोभेम्बरमा बेलबारीमा हुने ‘ट्रिगुट म्युजिकल नाइट भोल्युम २’मा प्रस्तुति दिने कार्यक्रम छ ।
सेप्टेम्बर र अक्टोबरमा उनले विभिन्न अमेरिकी राज्यमा प्रस्तुति दिएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij