Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सेयरबजार: ७९ लाख ४७ हजार कित्ता सेयर बिक्रीपछि ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

सेयरबजार: ७९ लाख ४७ हजार कित्ता सेयर बिक्रीपछि ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

नेपाल सम्वत् ११४६, कछलागाः ७, पञ्चमी, (२५ कार्तिक, २०८२, ११ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । सेयरबजारमा आज साढे ३ अर्बको मात्रै कारोबार भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार ७९ लाख ४७ हजार कित्ता सेयर बिक्रीपछि ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको हो। 

आज साहस ऊर्जा लिमिटेडको ३५ करोड, राधी विद्युत् कम्पनीको ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र सिनर्जी पावर डेभलपमेन्टको ९ करोडको कारोबारपछि सो परिमाणमा कारोबार भएको हो। 

मंगलबारको कारोबारमा १४२ वटा सेयरको मूल्य बढेको छ भने १०२ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यसअनुसार सबैभन्दा बढी शाइन रेसुंगा डिबेन्चर र बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयरमा सकारात्मक सर्किट लाग्दा माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुंगल हाइड्रो क्रमशः ९.९९, ९.९९ र ९.९८ प्रतिशतले बढेका छन्। 

गिरावट आएका सेयरहरुमध्ये सबैभन्दा बढी नेपाल एसबीआई बैंक डिबेन्चर ९.३९ प्रतिशतले घट्दा सिटी होटल्सलगायत अधिकतम ४.९६ प्रतिशतसम्मले ओर्लिएका छन्। 

आज बजार परिसूचक नेप्से भने ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा चढेको छ। यस दिन वाणिज्य बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन, सामूहिक लगानी र निर्जीवन बीमा तथा व्यापार समूह हरियो छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार