Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

शिव श्रेष्ठ लगायत १५ जना कलाकार, निर्माता र प्राविधिकलाई सम्मान

शिव श्रेष्ठ लगायत १५ जना कलाकार, निर्माता र प्राविधिकलाई सम्मान

नेपाल सम्वत् ११४६, कछलागाः ६, पञ्चमी, (२४ कार्तिक, २०८२, १० नोभेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माता र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । 

संविधान दिवस २०८२ को अवसर पारेर आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । 

बोर्डका अध्यक्ष दिनेश डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा गरेको बताए ।  कार्यक्रममा सम्मानित व्यक्तिलाई २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ । 

सम्मानित व्यक्तिहरू:
१, शिव श्रेष्ठ (कलाकार)
२, सबिता गुरुङ (कलाकार)
३, तीर्थ थापा (निर्देशक)
४, यसकुमार (संगीतकाररगायकर निर्देशक)
५, ध्रुव लम्साल (चलचित्र पत्रकार)
६, रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)
७, सम्झना रौनियार (निर्देशक)
८, युवराज लामा (निर्मातारनिर्देशक)
९, हेमन्त बुढाथोकी (कलाकार)
१०, किशन पोखरेल ९निर्माता०
११, स्व। केशव भट्टराई (कलाकाररमरणोपरान्त)
१२, नाजिर हुसेन (कलाकार)
१३, रिमेश अधिकारी (निर्देशक)
१४, रेनीश फागो (रंग संयोजकरप्राविधिक)
१५, अन्जु पन्त (गायिका)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार