नेपाल सम्वत् ११४६, कछलागाः ५.९ चतुर्थी (२३ कार्तिक, २०८२, ९ नोभेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । फिल्म “मुगलान” को टिजर सार्वजनिक भएको छ। निर्माण कम्पनी रेहान प्रोडक्सनले युना डिजिटल युट्युब च्यानलमार्फत आइतबार टिजर सार्वजनिक गरेको हो।
टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखी राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ भोगेको सास्ती र यता साहुले गरेको अत्याचारबीचको कथालाई टिजरमा देखाइएको छ।
परिवारको खुसी र आफ्नो सपना साकार पार्नका लागि गरेको संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ। ुमुगलानु ले मजदुरीका लागि भारत यात्रा, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको ुमुगलानु पुस १० गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा प्रभात पाल र स्मारिका ढकालको मुख्य भूमिका छ। साथमा श्री शिवांशी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायत कलाकारहरूको अभिनय छ।
फिल्मका निर्माता गोमन सिंह हुन् भने सह निर्मातामा रीता चौधरी छिन्। अजय रेग्मीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरूको द्वन्द्व निर्देशन र रिदम कँडेलको बिएमजी छ।
"मुगलान" को वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij