नेपाल सम्वत् ११४६, कछलागाः ३, तृर्तिया (२२ कार्तिक, २०८२, ८ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेकी छिन्।
उद्योग वाणिज्य संघले आज शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले औद्योगिक(व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य भएको समेत बताइन्।
‘यो आन्दोलनमा केही उच्छृंखल समूहहरूले राज्यबिहिनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमा गरेको आक्रमण हामीलाई अस्वीकार्य छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले निजी क्षेत्रलाई आत्मविश्वास जगाउन आवश्यक राहत र सहयोग प्रदान गर्न सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिँदै थपिन्, ‘उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत सहयोग पुर्याउँदै आत्मविश्वास जगेर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहान्छु।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij