Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

डेडिकेटेड तथा ट्रंक लाइन: त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले पहिलो किस्ता भुक्तानी संगै लाईन जडान

डेडिकेटेड तथा ट्रंक लाइन: त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले पहिलो किस्ता भुक्तानी संगै लाईन जडान

नेपाल सम्वत् ११४६, कछलागाः २, द्वितिया (२१ कार्तिक, २०८२, ७ नोभेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला ।  बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ। 

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए।  
 
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।
 
त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार  रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार