नेपाल सम्वत् ११४६, कछलागाः १, प्रतिपदा (२० कार्तिक, २०८२, ६ नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । बहुप्रतिभाशाली सर्जक तथा संगीतकार अनिल अधिकारीको शब्द र संगीतमा तयार भएको नयाँ गीत ‘कस्ले भनेको’ सार्वजनिक भएको छ।
यस गीतमा अधिकारी स्वयं र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। यो गीत स्वयं संगीतकारको ‘अनिल अधिकारी’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
गीतमा सकारात्मक ऊर्जा, हाँसो र जीवनका रंगहरूलाई उत्साहपूर्ण ढंगले प्रस्तुत गरिएको छ। सारित राईले गीतको एरेञ्ज गरेका छन् भने भिडिओको निर्देशन चर्चित निर्देशक नवेश खड्काले गरेका हुन्।
भिडिओको छायांकन (डिओपी) उद्धव दाहालले गरेका छन्। गीतको अभिनयमा पछिल्लो समय चलचित्रमा समेत काम गरेकी अभिनेत्री सनिसा भट्टराईलाई आशिर्वाद क्षेत्री र अनिल अधिकारीले साथ दिएका छन् ।
गीतको भिडियोमा नेवारी संस्कृति र आर्किटेक्चर समेत देखाइएको छ।
यसअघि उनका ‘साझको बतासले’, ‘सम्झ त्यो दिन’ लगायतका गित सार्वजनिक भइसकेका छन् । उनका यी गीतहरुलाई दर्शकहरुले अत्याधिक मन पराएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij