नेपाल सम्वत् ११४६, कछलाथ्वः १४, चर्तुदशी (१८ कार्तिक, २०८२, ४ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ।
पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ।
खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर कुल १ सय ३२ शो पाएको छ। उसलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ।
हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम, मैझारो गरी कुल ४ वटा नेपाली सिनेमा प्रदर्शनरत छन्। खल्तीमा ‘मैझारो’ फिल्मले यो समाचार तयारपार्दासम्म ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्यांक छ।
यस्तै विदेशी भाषाका फिल्महरुले पाएको शो संख्यानिक्कै कम छ। रि रिलिज बाहुबली ४७ शो पाएको छ भने थामा १३ र कान्तारा २ले ६ शो पाएको छ।
दर्शक तथा समिक्षकहरु दुबैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलहरुले अन्य सिनेमाका शोमा भारी कटौती गर्दै ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका हुन्। फिल्म हेर्नेहरुले उत्कृष्ट सिनेमा भन्दै सिनेमा हेरेर आफूहरु भाबुक भएको प्रतिक्रिया दिइरहेका छन्।
दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रंजित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij