Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाको रोल्वालिङ हिमश्रृङखलामा पहिरोमा परी घाइते भएका चार जनाको उद्धार

दोलखाको रोल्वालिङ हिमश्रृङखलामा पहिरोमा परी घाइते भएका चार जनाको उद्धार

नेपाल सम्वत् ११४६, कछलाथ्वः १४, चर्तुदशी (१८ कार्तिक, २०८२, ४ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । दोलखाको रोल्वालिङ हिमश्रृङखलामा पहिरोमा परी घाइते भएका चार जनाको उद्धार गरिएको छ ।

हाइ अल्टिच्युडको हेलिकोप्टरले आज विहान दुई विदेशी र दुई नेपाली पथप्रदर्शक सहित चार जनालाई यलुङ री हिमालको आधार शिविरवाट उद्धार गरेको हो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले हिम पहिरोस्थल नजिकवाट चार जनाको उद्धार गरिएको जानकारी दिएका छन् ।

प्रजिअ रिसालका अनुसार हिम पहिरोवाट जोगिएर आएका थप तीन जना नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ । उनीहरुलाई पनि केहीवेर पछि उद्धार गरिने छ ।

डोल्मा खाङ र यलुङरी हिमाल आरोहणकालागि दुई वटा ट्राभल कम्पनी मार्फत आधार शिविर पुगेका ५ विदेशी सहित १५ जना आरोही टेण्ट टाँगेर बसेको स्थानमा सोमवार विहान हिम पहिरो खसेको थियो ।

हिम पहिरोमा पुरिएर एक विदेशी सहित ३ जनाको मृत्यु भएको र थप ५ जना वेपत्ता भएको पथप्रदर्शकहरुले बताएका छन् । 

उद्धारकालागि खटिएको नेपाली सेनासहितको सुरक्षाकर्मीहरुको टोली ना गाउँको यात्रामा छ । उक्त टोली पुग्न अझै केही समय लाग्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार