Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र

११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र

नेपाल सम्वत् ११४६, कछलाथ्वः १३, त्रयोदशी, (१७ कार्तिक, २०८२, ३ नोभेम्वर, २०२५) सोमबार, बाँपिझ्याला ।

सरकारले एघार मुलुकका राजदूतहरूलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरूमा पत्राचारमार्फत् उनीहरूलाई फिर्ता हुन भनिएको हो। 

यसरी फिर्ता गरिएका राजदूतहरूमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकाका नेपाली राजदूत छन्। 

ुमहामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्नेगरी नेपाल बोलाउने मिति २०८२।७।१७ मा निर्णय ९सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय भएको बेहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ, पत्रमा भनिएको छ।

साथै नेपाल आउनका लागि महामहिमज्यूको नाममा यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुन समेत सोही निर्णयानुसार सादर अनुरोध छ,ु पत्रमा थप भनिएको छ।

Letter.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार