नेपाल सम्वत् ११४६, कछलाथ्वः १२, एकादशी, (१६ कार्तिक, २०८२, २ नोभेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । गायक तथा सङ्गीतकार निरज नकर्मीको स्वर, सङ्गीत र शब्द रहेको ‘आकाशैको छड्के पानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिना राउतको मुख्य अभिनय रहेको म्युजिक भिडियो वान डे ड्रिम क्वेस्ट स्टुडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । निरज नकर्मीको यो गीतमा राजेन्द्र वाइबाको सङ्गीत संयोजन, महेश्वर मान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको छ ।
स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको गीतमा अमन शाहीको गिटार, धर्म गन्धर्वको सारङ्गी र अनिश गन्धर्वको मादलले नेपाली लोक सङ्गीतको मिठास थपेको छ । भिडियोको नृत्य कोरियोग्राफी देविका गौतमले गरेकी छन् भने मेकअप सबिना राउत र सरिता महर्जनले गरेका हुन् । फिचरिङ आर्टिस्टहरूमा सबिना राउत, निर्मल श्रेष्ठ, देविका गौतम, प्रमोशन महतरा, धना माया थापा, इन्दिरा केसी, सरिता महर्जन, सैलेश राना मगर, जलदीप रसाइली लगायतका कलाकारहरू रहेका छन् ।
गीतले पहिलो भेटको आकर्षण, एकतर्फी प्रेम र महिलाको सौन्दर्यको वयान गरेको छ ।
भिडियोको निर्देशन तथा सम्पादन कमल प्रजापतीले गरेका हुन् भने क्यामरा हेम डंगोल र सूरज मान सङ्गतको छ । कलर सूरज मान सङ्गतले हेरचाह गरेका छन् । प्रायोजकहरूमा धना माया थापा, रूपेश केसी, इन्दिरा केसी, रूपेश कर्की, शुषिला कापाली, साशी दर्शन र ग्रिम्स क्याफे रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij