Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

रुसले परमाणु इन्जिनजडित क्रुज मिसाइल ‘बुरेवेस्तनिक’को सफल परीक्षण

रुसले परमाणु इन्जिनजडित क्रुज मिसाइल ‘बुरेवेस्तनिक’को सफल परीक्षण

नेपाल सम्वत् ११४६, कछलाथ्वः ९, अष्ठमी, (१३ कार्तिक, २०८२, ३० अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला । रुसले परमाणु इन्जिनजडित क्रुज मिसाइल ‘बुरेवेस्तनिक’को सफल परीक्षणपछि असीमित दायरा भएको परमाणु ऊर्जाबाट चल्ने टोरपेडोको पनि सफलतापूर्वक परीक्षण गरेको छ ।

सफल परीक्षणलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु ऊर्जाबाट चल्ने स्वचालित मानवरहित पनडुब्बी ड्रोन ‘पोसाइडन’ रुसको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइल ‘सरमत’भन्दा पनि शक्तिशाली भएको बताएका छन् । “हामीले मंगलबार यसको सफलतापूर्वक परीक्षण गर्‍यौँ,” उनले भने ।

पुटिनले बुधबार यो पोसाइडन परमाणु–संचालित सुपर स्वायत्त टोरपेडोको परीक्षण गर्नु ठूलो सफलता भएको बताए । यद्यपि, सार्वजनिक रूपमा पोसाइडनका बारेमा धेरै कम मात्र जानकारी उपलब्ध छ । यो एक स्वायत्त परमाणु टोरपेडो भएको बताइएको छ ।

यसले रेडियोधर्मी समुद्री छालहरू (लहरहरू) पैदा गर्न सक्ने र तटीय सहरहरूलाई पूर्णरूपमा नष्ट गर्न सक्ने बताइएको छ ।

पुटिनले भने, “पहिलो पटक, हामीले यसलाई केवल एउटा वाहक पनडुब्बीको प्रक्षेपण इन्जिनबाट मात्र नभएर परमाणु ऊर्जा एकाइ (न्यूक्लियर पावर युनिट)लाई पनि प्रक्षेपण गर्न सफल भयौँ ।”

पुटिनले यसलाई रुसको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइल सरमत एसएस–एक्स–२९ वा शैतान २ भन्दा पनि धेरै शक्तिशाली बताए ।
 
उनले सरमत मिसाइल चाँडै नै युद्ध तैनाथी (वार डिप्लोइमेन्ट)मा समावेश हुने पनि बताए । उनले भने, “विश्वमा सरमतजस्तो कुनै मिसाइल छैन । यो अहिले तयार भइसकेको छैन, तर चाँडै सेवामा आउनेछ ।”

पुटिनले पोसाइडन ड्रोनलाई एउटा मुख्य सबमरिन (पनडुब्बी)बाट प्रक्षेपण गरिएको बताए । यो एउटा यस्तो परमाणु रिएक्टरबाट सञ्चालित हुन्छ, जो रणनीतिक पनडुब्बीको रिएक्टरभन्दा १०० गुणा सानो छ । यो रिएक्टरले यस ड्रोनलाई असीमित दायरा (रेन्ज) र लामो समयसम्म सञ्चालन गर्ने क्षमता प्रदान गर्छ । रोयटर्स

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार