Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

अमेरिका-चीनबिच व्यापार सम्झौता : आधारभूत सहमति

अमेरिका-चीनबिच व्यापार सम्झौता : आधारभूत सहमति

नेपाल सम्वत् ११४६, कछलाथ्वः ६, षष्ठी, (१० कार्तिक, २०८२, २७ अक्टोबर, २०२५) सोमबार, बाँपिझ्याला । अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको आधारभूत सहमति गरेका छन् । यस बारेमा दुई देशका नेताहरूबिच यसै साता हुने भेटवार्तामा छलफल गरिने अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बताएका छन् ।

बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी अन्तिम सम्झौता र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको चिनियाँ सामानमाथिको १०० प्रतिशत कर (ट्यारिफ) लागू नहुने अपेक्षा गरेको पनि बताएका छन् । यसको बदलामा चीनले अमेरिकासँग पर्याप्त मात्रामा भटमास खरिद पुनः सुरु गर्नेछ ।

विश्वका यी दुई ठुला अर्थतन्त्रहरूबिचको व्यापार युद्धलाई थप बढ्न नदिन दुवै राष्ट्रले प्रयास गरिरहेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दक्षिण कोरियामा बिहीबार वार्ता हुने कार्यक्रम छ ।

एसिया भ्रमणमा रहेका ट्रम्पसमेत सहभागी भएको मलेसियामा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनको साइडलाइनमा बेसेन्टले वरिष्ठ चिनियाँ व्यापार अधिकारीहरूसँग भेट गरेका थिए । बेइजिङले भेटवार्तालाई  रचनात्मक भएको बताएको छ ।

बेसेन्टले दुई देशले ‘दुई नेताका लागि एक सारभूत ढाँचामा पुगेको बताएका छन् । उनले ‘करहरू टर्नेछन् भन्ने थप जानकारी पनि दिएका छन् ।

चिनियाँ सरकारले एक विज्ञप्ति जारी गर्दै दुवै वार्ता टोली ‘आआफ्नो सरोकारलाई सम्बोधन गर्नका लागि व्यवस्थामा आधारभूत सहमतिमा पुगेको’ बताएको छ ।  ‘दुवै पक्ष विशिष्ट विवरणहरूलाई थप अन्तिम रूप दिन सहमत भएका छन्, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार