नेपाल सम्वत् ११४५, कौलागा १२, द्वादसी, (१ कार्तिक, २०८२, १७ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला, दोलखा । सफल सहयात्री महिला समूह दोलखाको व्यवस्थापनमा आजदेखि सुरु गरिएको भीमेश्वर साप्ताहिक हाट बजार पहिलो दिनमै उत्साहजनक रुपमा सफल भएको छ।
भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित विशेषतः राम्पा, डोक्थली, नेगल, फुलपा, डाँडागाउँ र खेलाप लगायका स्थानीय किसान, व्यापारी र उपभोक्ताको उल्लेखनीय सहभागीतामा सञ्चालन भएको यस हाट बजारमा तरकारी, फलफुल, अन्न, फुल, रैथाने परिकार, फुलफुला लगायतका वस्तुहरू प्रदर्शनी र विक्रीका लागि राखिएका थिए।
नेपालहरुको महान पर्व तिहार पर्वको पुर्व सन्ध्यामा सुरु भएको यस हाट बजारमा किसानहरुले तिहार लक्षित सामाग्री ओखर, बिमिरा, कुचो, बोगटे, कागती, निवुवा लगायत रातो माटो समेत ल्याएका थिए ।
हाट बजार सञ्चालन भएकोमा हर्षित हुँदै भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका वडाध्यक्ष स्टालिन श्रेष्ठले यो अभियानलाई सफल बनाउन र किसानहरुलाई प्रोत्साहन गर्न जस्तो सुकै सहयोग गर्न पनी आफु र वडा तयार भएको र किसानहरुले ल्याएको अन्न लगाएत नविग्रिने सामाग्रीको लागि गोदाम कोठा समेत उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ ।
समूहकी संयोजक राधा थामीका अनुसार, पहिलो दिनकै हाट बजारमा सबै सामान विक्री भई कोही कसैलाई पनि फिर्ता लैजान नपर्ने अवस्था बनेको हो।
समूहकी सचिव गीता थामी ले भनिन् — “हामीले स्थानीय उत्पादनलाई बजारमा पु¥याउने उद्देश्यसहित सुरु गरेको यो अभियानमा सबैको साथ र माया मिल्यो। यसले महिलाको सामूहिक प्रयास र आत्मनिर्भरता प्रति समाजको विश्वास थप बलियो बनाएको छ।”
बजारको सुरुवातमा उपस्थित महिलाहरूले सरसफाई गरेर सुरु गरेका थिए भने उपभोक्ताहरूले ताजा र स्थानिय उत्पादनप्रति खुशी व्यक्त गरेका छन्।
हाटमा किनमेल गर्न आउने उपभोक्ताहरु सबैले सकारात्मक प्रतिकृया दिदै निरन्तरताको अपेक्षा गरेका थिए । अबदेखि यो हाट बजार हरेक शनिवार बिहान ७ बजेदेखि १० बजेसम्म पाखलतिको पिपलबोटमा नियमित सञ्चालन हुने समूहले जनाएको छ।
यस कार्यमा सक्रियता पूर्वक सहयोग र सद्भाव राखी महिला समूहलाई उत्प्रेरणा र उत्पादन कार्यमा जोड दिन सहयोग गर्ने यस बाँपिझ्याला डटकमका सह–सम्पादक, युवा व्यवसायी एवं समाजसेवी अजय प्रधानको विशेष योगदान र सहयोग रहेकोमा हामीले गर्भ गर्नु पर्छ ।
जुन कुराले स्थानिय स्तरमा आफुले उत्पादन गरेर व्यवसायीकरण गर्न खोज्ने व्यवसायीहरुको लागि अवसर भएको छ । साथै दिल फुकाएर सहयोग गर्ने वडाध्यक्ष स्टालिन श्रेष्ठ प्रति दोलखा र दोलखावासीको तर्फबाट आभार व्यक्त गर्दै सहयोगी मनहरुमा हाम्रो तर्फबाट हार्दिक नमन गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij