Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बलिउड फिल्म फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

बलिउड फिल्म फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

नेपाल सम्वत् ११४५, कौलागा ९, नवमी, (२९ असोज, २०८२, १५ अक्टोबर, २०२५) बुधबार, बाँपिझ्याला ।  बलिउड फिल्म फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मुख्य कलाकार अजय देवगन, रकुल प्रीत र जावेद जाफरी फिचर्ड छन्।

सार्वजनिक ट्रेलरमा अजयले आशिष मेहराको भूमिकालाई निरन्तरता दिएका छन्। रकुल प्रीत सिंह आयशा खुरानाको भूमिकामा छिन्। सिक्वेलमा अजयलाई आयशाका अभिभावकलाई मनाउने चुनौती छ। अभिभावकको भूमिकामा भने आर माधवन र गौतमी कपुर देखिएका छन्।

ट्रेलरको सुरूवातमा आयशाले आफ्ना अभिभावकलाई आफूले एकजनालाई भेटेको बताउँछिन्।, तर उनी आफूभन्दा जेठो र सम्बन्धविच्छेद भइसकेको स्पष्ट पार्छिन्। यद्धपी, प्रगतिशील अभिभावक भएकोले  उनीहरू आयशाको प्रेमीलाई भेट्न सहमत हुन्छन्। रोमान्टिक कमेडी जनरामा बनेको फिल्ममा प्रेमसहित सन्तान र अभिभावकबीचको सम्बन्धको कुरा समेटिएको छ।

अंशुल शर्माद्वारा निर्देशित यो फिल्म अजयको बहुप्रतीक्षित सिक्वेल हो। यस फिल्ममा अजय, रकुल र जावेदसहित आर माधवन, मीजान जाफरी, गौतमी कपूर, इशिता दत्त, सञ्जीव सेठ लगायतका अभिनय छ। यो फिल्म नोभेम्बर १४ (कात्तिक २८) देखि रिलिज हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार