नेपाल सम्वत् ११४५, कौलागा ९, नवमी, (२९ असोज, २०८२, १५ अक्टोबर, २०२५) बुधबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध खाने तेल (कुकिङ आयल) र अन्य उत्पादनहरूमा व्यापार अन्त्य गर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले चीनले जानाजान अमेरिकासँगको भटमास खरिद रोकेर अमेरिकी किसानहरूलाई नोक्सान पुर्याइरहेको आरोप लगाएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भने, “मेरो विश्वास छ, चीनले जानाजान हाम्रो सोयाबिन खरिद गरिरहेको छैन । र, हाम्रा किसानहरूलाई समस्यामा पारिरहेको छ । यो एउटा आर्थिक आक्रमण हो ।”
उनले अगाडि लेखेका छन्, “अमेरिकाले अब चीनबाट कुकिङ आयल र अन्य उत्पादनहरूको व्यापार अन्त्य गर्ने विचार गरिरहेको छ । हामी आफैँ सजिलै कुकिङ आयल उत्पादन गर्न सक्छौँ । हामीलाई चीनबाट खरिद गर्न आवश्यक छैन ।”
अमेरिका र चीनबीच व्यापारिक तनाव लगातार बढिरहेको बेला ट्रम्पको यो भनाइ आएको हो । हालै दुबै देशले एकअर्काका ढुवानी कम्पनीहरूमा अतिरिक्त पोर्ट शुल्क लगाएका छन्, जसका कारण वाल स्ट्रिट (अमेरिकी सेयर बजार)मा गिरावट देखिएको छ ।
ट्रम्पको भनाइ सार्वजनिक भएलगत्तै लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । त्यसलगत्तै प्रमुख अमेरिकी सेयर सूचकांहरूमा गिरावट आएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij