नेपाल सम्वत् ११४५, कौलागा ५, पञ्चमी (२५ असोज, २०८२, ११ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला । कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने फिल्म ‘सोल्टिनी’ को नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ। लिरिकल शैलीमा तयार गरिएको गीतमा शब्द, संगीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर सुन्न सकिन्छ। शब्द र संगीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै छ भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।
गीतको भिडिओमा मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुको दृश्य प्रस्तुत गरिएको छ। जसले प्रकाश र परीक्षाको प्रेममा देखापरेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडिओमा पनि ती भावनात्मक उतार–चढाव देख्न सकिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ।
अर्जुन सुवेदी निर्देशित यस फिल्ममा प्रकाश र परीक्षासहित सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।
यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij