Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरमा १४ दिनमा ३ लाख १४ हजार ८ सय ९२ भेटी संकलन सार्वजनिक

दोलखा भीमेश्वरमा १४ दिनमा ३ लाख १४ हजार ८ सय ९२ भेटी संकलन सार्वजनिक

नेपाल सम्वत् ११४५, कौलागा ३, चतुर्थी (२४ असोज, २०८२, १० अक्टोबर, २०२५) शुक्रबार, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ३ लाख १४ हजार ८ सय ९२ रुपैया भेटी संकलन भएको छ । 

गत २०८२ असोज १० गतेदेखी असोज २४ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष युवा समाजसेवी शुरेसकुमार श्रेष्ठले बताउनु भयो ।

गत महिनामा मासिक रुपमा भेटी संकलन गर्ने गरिएको भएतापनी यस पटक दशै भएकोले करिव १४ दिन मै भेटी संकलन गणना गरी सार्वजनिक गरेका छौ भनी व्यवस्थापन समितीका सचिव युवा समाजसेवी अधिवक्ता राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो । 

note.gif
भेटी संकलन गणनाको क्रममा

यसरी भेटी संकलन गणना गर्दा व्यवस्थापन समितीका कोषाध्यक्ष अनिवार्य र अन्य पदाधिकारी र सदस्यहरुले पालैपालो गरि सहयोग गर्ने गरिएको र रोहवरमा नेपाली सेना गरुड दल गुल्म र प्रहरी प्रतिनिधीहरु रही संकलीत भेटी गणना गरिएको समेत सचिव श्रेष्ठको बताउनु भयो ।  

यसै गरी गत बर्षको दशैमा भन्दा यस बर्षका दशै विशेषतः फुलपातीको दिन प्रमुख जिल्ला अधिकारी, दोलखा जिल्ला स्थित सेना प्रमुख र प्रहरी प्रमुखको विशेष उपस्थितीमा स्थानिय वासिन्दाहरुको सहभागीतामा स्थानिय बाजागाजाका साथ सेनाको व्याण्डमा विशेष सलामी अपर्ण गर्दै फुलपानी सम्पन्न गरिएकोले यसको आफ्नै मौलिक महत्व रहेको छ ।

तसर्थ यसबारेमा समिक्षा बैठक छिट्टै बस्ने पनी सचिव श्रेष्ठले जानकारी दिनु भयो ।  

bhimeshwor-bheti.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार