नेपाल सम्वत् ११४५, कौलागा २, तृर्तिया (२३ असोज, २०८२, ०९ अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला । हालसम्म नेप्सेमा सूचीकृत १६ कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।
बुक क्लोज हुन बाँकी ९ कम्पनीमध्ये २ वटाले मात्रै बुक क्लोजको मिति तय गरेका छन् । बाँकी ७ कम्पनीको बुक क्लोजको मिति तय हुन बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा युनिलिभर कम्पनी रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई १ हजार ८४२ प्रतिशत लाभांश घोषणा गरेको छ । यसको बुक क्लोजको मिति भने तय हुन बाँकी रहेको छ ।
हाल नेप्सेमा २५३ वटा कम्पनीहरु सूचीकृत रहेका छन् । चालु आर्थिक वर्षको ३ महिना सकिन लाग्दा १६ कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नियामकिय प्रावधानअनुसार चालु आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र अर्थात पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
यद्यपि, विगतलाई हेर्दा सूचीकृत कम्पनीहरुले अन्तिम समयमा मात्रै लाभांश घोषणा र एजीएम बोलाउँदै आएका छन् । विशेषत पुस महिनामा सूचीकृत कम्पनीहरुलाई लाभांश घोषणा र साधारण सभाको चटारो सुरु हुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij