नेपाल सम्वत् ११४५, कौलाथ्वः १४, चतुर्दशी (२० असोज, २०८२, ०६ अक्टोबर, २०२५) सोमबार, बाँपिझ्याला । इरानको संसद्ले राष्ट्रिय मुद्राबाट चार शून्य हटाउने प्रस्तावलाई स्वीकृति दिएको छ । वर्षौदेखिको उच्च मुद्रास्फीतिपछि आर्थिक कारोबारलाई सजिलो बनाउन यो निर्णय गरिएको हो । यसको अर्थ १० हजार पुरानो रियाल बराबर अब एक रियाल हुनेछ ।
संसद्माथि निगरानी गर्ने निकाय ‘गार्जियन काउन्सिल’ का आपत्तिहरू समाधान गरेपछि संसद्ले यो विधेयकलाई पारित गरेको हो । स्थानीय मुद्रा रियाल नै हुने र परिवर्तन रातारात नहुने संसद्को आर्थिक आयोगका प्रमुख शम्सोल्दिन हुसेन भनेका छन् । यो परिवर्तन लागू गर्न केन्द्रीय बैंकलाई २ वर्षको समय छ । त्यसपछि ३ वर्षको सङ्क्रमण काल रहनेछ, जहाँ पुरानो र नयाँ दुवै मुद्रा चल्नेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij