नेपाल सम्वत् ११४५, कौलाथ्वः १३, त्रयोदशी, (१९ असोज, २०८२, ०५ अक्टोबर, २०२५) आईतबार, बाँपिझ्याला । फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ ।
फिल्मले प्रवर्धन अभियानअन्तर्गत शीर्ष गीतमा भिडियो प्रतियोगिता आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको प्रतियोगिताका विजेता घोषणा गरिएको छ ।
यो गीतमा भिडियो तयार पारेका १ हजार भन्दा धेरै जनामध्ये २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक समेत रहेका नृत्य निर्देशक कविराज गहतराजले विजेता छनोट गरेका हुन् ।
दुवै जना विजेता बुटवलका छन् । बुटवलका सुरज सिञ्जाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाको समूहले भिडियो प्रतियोगिता जितेका छन् । दुवैजनाले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको जनाइएको छ । विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मले गरेको थियो ।
मिलन तामाङ निर्देशित फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा लगायतको अभिनय छ । रोहित अधिकारी फिल्म्स्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij