नेपाल सम्वत् ११४५, कौलाथ्वः ७ सप्तमी (१३ असोज, २०८२, २९ सेप्टेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । दसैंमा थुप्रै फिल्म प्रदर्शनमा आउने भएपछि क्युएफएक्सले बिहान सबेरैदेखि राति अबेरसम्म फिल्म देखाउने भएको छ । सबै फिल्मलाई सो वितरण गर्न आफूहरुले बिहान ५:३० देखि राति ९ बजेसम्म सो राखेको क्युएफएक्सका बजार व्यवस्थापक शसिन शाक्यले जनाए ।
‘फिल्महरू धेरै छन् । त्यसैले सो वितरण गर्न हामीले अर्ली मर्निङ र लेट नाइटका सो बढाएका हौँ,’शाक्यले भने ।
उनले भने झैँ यो वर्ष दसैं लक्षित तीन फिल्म फूलपातीमै प्रदर्शनमा आउँदैछन् । तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउने भएपछि हल व्यवसायीले केही समयदेखि नै सो वितरणको तयारी थालेको थियो । यसबीच जेन-जी आन्दोलन हुनु अगाडि अन्य नेपाली फिल्मले पनि दसैंमै फिल्म प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसपछि भएको जेनजी आन्दोलनले गर्दा प्रतिक्षित फिल्म ‘जारी २’ घटस्थापनामा नआउने भयो ।
फूलपातीको दिनदेखि भने ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आउँदै छ । सन्तोष सेन निर्देशित ‘बलिदान’ एक्सन विधाको फिल्म हो । फिल्ममा आमा र छोराबीचको सम्बन्धदेखि देशभक्तिलाई विषयवस्तुको केन्द्रमा राखेको छ । फिल्ममा समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापाको मुख्य भूमिका छ ।
कलाकार हरिवंश आचार्यको चर्चित चरित्र हरिबहादुरलाई केन्द्रमा राखेर बनाइएको ‘हरिबहादुरको जुत्ता’ भने कमेडी विधाको फिल्म हो । दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा हरिवंशसँगै, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियङ्का कार्कीको अभिनय छ । तामाङ समुदायको कथा समेटिएको ‘माइतीघर’ भने सामाजिक विषयवस्तुमाथिको फिल्म हो । मिलन तामाङको निर्देशनमा तयार यो फिल्ममा धिरज मगर, उपासनासिंह ठकुरी, प्रकाश सपुत, केदारप्रसाद घिमिरेको अभिनय छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij