नेपाल सम्वत् ११४५, कौलाथ्वः ७ षष्ठी, (१३ असोज, २०८२, २९ सेप्टेम्वर, २०२५) सोमबार, बाँपिझ्याला, दोलखा । घटस्थापनाको सातौ दिन अथवा आज सप्तमीको दिन प्राचिन शहर दोलखाका नेवार समुदायहरु संगै गरुडदल, जिल्ला प्रहरी कार्यालय र ससस्त्र प्रहरी बलको उपस्थितीमा भगवानको नाममा सलामी सहीत धुमधामका साथ फुलपाती भि¥याउने कार्य सम्पन्न भएको छ ।

यसबर्ष पञ्चाङ्ग समितीले तोकिएको समयमा गर्ने भएकोले आज बिहान ७:१७ बजेको शुभ साईतमा राजकुलेश्वर तलेजु मन्दिरबाट शुरु गरी भीमेश्वर मन्दीरमा फुलपातीको स्थानिय विधी अनुसार पूजापाठ गरी सम्पन्न गरिएको छ ।
यसै गरी यस बर्षदेखि सदरमुकाम चरिकोट स्थित रहेको गरुण दल गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, प्रमुख जिल्ला अधिकारीको विशेष उपस्थितीमा स्थानिय बाजागाजा सहित सेनाको ब्याण्डबाट तोप अर्पण गरी फुलपाती भि¥याउने कार्य भएको छ भनी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
फुलपातीको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरबाट शुरु भई भीमेश्वर मन्दिरमा गई पूजाआजा सम्पन्न गरिसकेपछी पुनः राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भि¥याउने चलन रही आएको छ । यसरी फूलपाती भित्र्याउन राजकुलेश्वर तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा सहित आवस्यक पर्ने पूजा सामाग्रीहरू लिएर फूलपाती लिन आउँछन् ।
चरिकोटबाट फुलपाती लिएर आएका गरुडदल, जिल्ला प्रहरी र ससस्त्र प्रहरी बल भने पाखलती बसपार्कदेखि सिधै ब्याण्ड बाजागाजा सहित भीमेश्वर मन्दिर स्थित फुलपाती भि¥याउने कार्यमा सहभागी भएको थियो भनी बाँपिझ्याला डटकमका सह–सम्पादक अजय प्रधानले जानकारी दिनु भयो ।
दोलखामा फुलपाती भि¥याउने परम्परा अनुसार भीमेश्वर मन्दिरमा गुठी पालो पर्ने गुठीयारहरुले तयार गरी राखेको फूल–लावा, धानको वाला, अदुवाको बोट, बेलपत्र, चापँको बोट र जामुन सहित ९ प्रजातीको फुलहरु राखिएको डोलीलाई बोक्न चार गुठीयारका खलक मध्ये अगाडी तिर डोली बोक्न त्यस वर्षको भीमेश्वरको गुठी पालो पर्ने गुठीयार खलक, पछाडी बोक्ने आगामी वर्ष पालो पर्ने गुठीयार खलक, अगाडी केराको बोट बोक्ने तेस्रो वर्ष पालो पर्ने गुठीयार खलक, पछाडी केराको बोट बोक्ने चौथो वर्ष पालो पर्ने गुठीयार खलकहरू मध्ये एक÷एक जना रहेका हुन्छन् । सोही अनुसारको बिधि बिधानका साथ सेना, प्रहरी र सशस्त्र प्रहरीको सहभागीतामा तोपका साथ फुलपाती भि¥याउने कार्यले दोलखामा थप ईतिहास कायम गर्न सफल भएको छ भनी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।
यसरी फूलपाती बोकेर भीमेश्वर मन्दिर परिक्रमा गरेर दाफा भजन कृतन, वाजा गाजा, नगरा बजाई नकिन थाकली गुठीयार, माहाने, थरी गुठीयारको लावालस्करले तलेजु भवानी-राजकुलेश्वर मन्दिर गएर फूलपाती विधिवत रुपमा भित्र्याइने चलन रहेको छ ।
यसै अनुसार यसपाली स्थानिय गुठीयारहरुको साथमा सेना, प्रहरी र ससस्त्र प्रहरीको प्रमुख, जिल्ला प्रशासन प्रमुख सहितको टोली राजकुलेश्वर तलेजु मन्दिर पुगेर बिधिवत फुलपाती भि¥याउने कार्यमा सहभागी भएका छन् । साथमा राजकुलेश्वर तलेजु मन्दिरबाट फुलपाती लिएर सेना आफ्नो फुलपातीको डोली सहीत चरिकोट फर्केका सचिव श्रेष्ठले जानकारी दिनु भयो । यसपाली फुलपाती पर्व चलाउने पालो स्थानिय गुठीयारको तर्फबाट दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठको पालो रहेको छ ।
यसै गरी आजकै दिनमा टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ चलन रहेको छ । यसरी मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन दिन प्रतिदिन हराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । गत बर्षसम्म घर घरमा मासु ल्याई पकाई उकाई खाईसकेपछी फुलपातीको जात्रा शुरु गर्ने चलन रहेकोमा यसपालीदेखि बिधि र पञ्चाङ्ग समितीको निर्णयलाई मानेको कारणले उक्त चलन हटेको छ ।
आजदेखि नेपालीहरुको महान चाड दशै शुरु भएको छ । यस सुखद् अवसरमा भीमेश्वर नगरवासी, दोलखा जिल्लावासी लगायन देश विदेशमा रहनु हुने सम्पूर्ण दोलखा जिल्लाबासी र नेपाली दाजुभाई, दिदीबहीनीहरुमा बाँपिझ्याला मिडिया, बाँपिझ्याला डटकम दोलखा–काठमाण्डौको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । जय दोलखा भीमेश्वर सदा दाहिने रहोस् नेपालीजनको रक्षाको लागि ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij