Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चलचित्र ‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक

चलचित्र ‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक

नेपाल सम्वत् ११४५, कौलाथ्वः ५ चर्तुर्थी ९१० असोज, २०८२, २६ सेप्टेम्वर, २०२५० शुक्रबार, बाँपिझ्याला । आगामी मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउन लागेका चलचित्र ‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरिएको छ । 

दसैँको अवसर पारेर शुक्रबार सार्वजनिक गीतमा एलिस कार्कीको सङ्गीत, प्रताप दास र सदिक्षा कट्टेलको स्वर र पवित्रा घिमिरेको शब्द छ । गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

एकता पौडेल निर्देशित फिल्मको गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर देखिएका छन् । निर्माण पक्षले गीत दर्शकले रुचाउने विश्वास लिएका छन् ।

‘हर्ष’ प्रशन्न पौडेल तथा विकाश पौडेलको निर्माणमा तयार भएको हो ।चलचित्रका कार्यकारी निर्माता हिक्मत चोखाल हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ,विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । दिवङ्गत निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी निर्देशक पौडेलले यो चलचित्रबाट निर्देशमा डेब्यु गरेकी हुन् ।

सम्पूर्ण छायाङ्कन चितवनमा नै गरिएको फिल्म हाल पोष्ट प्रोडक्सनको चरणमा छ ।  ‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार