Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भाइटीकाको भोलिपल्टबाट प्रदर्शनमा आउन लागेको “मैझारो” को टिजर सार्वजनिक

भाइटीकाको भोलिपल्टबाट प्रदर्शनमा आउन लागेको “मैझारो” को टिजर सार्वजनिक

आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'मैझारो' को टिजर रिलिज गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर दर्शकमाझ ल्याएको हो। 

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरूना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। 

'मैझारो' अभिनेता विल्सनविक्रम राई (तक्मेबुढा) को निर्देशनमा बनेको फिल्म हो। उनकै लेखन रहेको फिल्ममा धिरज, मिरूना र दीयाका साथमा सुनील थापा, माओत्से गुरूङ, बुद्धि तामाङ, पुस्कर गुरूङ, अभयराज बराल, कविता आले, प्रेम सुब्बा, रजनी गुरूङ, उदय सुब्बालगायत कलाकारहरूको अभिनय छ। 

'तक्मे प्रोडक्सन' को ब्यानरमा डि.वि राई र सरिना लामा (राई) निर्माता रहेको फिल्ममा अनमोल गुरूङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतले यसका गीतमा स्वर दिएका छन्।

सौरभ लामाले फिल्मको छायांकन गरेका हुन्। 'मैझारो' भाइटीकाको भोलिपल्टबाट प्रदर्शनमा आउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार