Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक

दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक

नेपाल सम्वत् ११४५ यंलागा १४ (४ असोज, २०८२, २० सेप्टेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १२ सेकेन्डको ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र अन्य आयामलाई दर्शाउने प्रयास गरेको छ ।

ट्रेलरमा हरिबहादुरको भूमिकामा देखिएका अभिनेता हरिवंश आचार्यको परिवार, जीवन र उसको रोचक किस्सालाई समेटिएको छ ।

चुनाव जित्न ठूला दलले अपनाउने हतकण्डाको कथावस्तु पनि समेटिएको छ । समसामयिक राजनीतिक कथावस्तुको सन्दर्भ पनि प्रस्तुत छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको पनि अभिनय छ ।

महसंचारको सिरिज ‘हरिबहादुर मदनबहादुर’को पात्र उठान गर्दै निर्देशकले उक्त पात्र अहिलेको सन्दर्भमा कसरी प्रस्तुत हुन्छ भन्ने कथावस्तु यसमा छ । दर्शकले हरिबहादुरको पात्रमा इमोसन र कमेडी दुबै तत्व पाउन सक्छन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।

वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।

फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती अवसरमा असोज १३ देखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार