नेपाल सम्वत् ११४५, यंलागा, द्वादसी (२ असोज, २०८२, १८ सेप्टेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । दसैंको अवसरमाअसोज १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा समेटिएको छ।
पारिवारिक कथामा बनेको फिल्मको ट्रेलरमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका फिचर्ड छन्।
यो फिल्म रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको हो। फिल्मको ट्रेलरमा कलाकार केदारको कमेडी बलियो देखिएको छ।यस्तै, फिल्मले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ।
मिलन तामाङको निर्देशनमा तयार भएको यस फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन्। रामशरण पाठकको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ। फिल्मका सह–सम्पादक अंकित तिवारी हुन्।
स्वर्गीय जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij