Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बाँपिझ्याला डटकम पाँचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश

बाँपिझ्याला डटकम पाँचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश

नेपाल सम्वत् ११४५, यंलागा, एकादशी (१ असोज, २०८२, १७ सेप्टेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । वि.सं. २०५६ साल बैशाखदेखि बाँपिझ्याला पत्रीका खबरकागज हुँदा हुर्दै नेपाल म्यागाजिन को रुपमा जन्मेर सबैको हात हातमा पुगेको यस “बाँपीझ्याला मासिक” पत्रिका आज यहाँहरुकै माया ममता, स्नेह र श्रद्धाले गर्दा अनलाइन पत्रिकासम्म संचालन गर्न सफल भयौं । यसरी बामे सर्दासर्दै यहाँहरु माझ हासीखेली, लुकामारी गर्दै निस्कँखै थन्किंदै कठिन संघर्षको चरण पार गरेर अहिलेको नयाँ प्रविधि इन्टरनेट संग हातेमालो गरेर नयाँ अध्यायको पाँचौ बर्ष पार गरी आजदेखि छैठौं बर्षमा प्रवेश गरेका छौं । 

यसरी पाँचौं बर्षलाई पार गर्न र छैठौं बर्षमा प्रवेशको लागि सल्लाह र सद्भावका साथ सहयोग गर्नु हुने विश्वभरी छरिएर रहेका आदरणिय दोलखावासी मान्यजन दाजुभाई, दिदीबहीनी तथा शुभचिन्तक नेपाली महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । 

यहाँहरुको अपार माया ममताले यस अनलाईन पत्रिकाले दोलखा शहर अनी दोलखा जिल्लाको माटो र बस्तुगत यर्थाथतालाई समेट्नलाई सवैको सहयोग र सद्भाव प्राप्त भईरहोस् भन्ने आशा अनी विश्वास लिएका छौं ।

यसैगरी बाँपीझ्याला मिडियाको आगामी यात्रामा यहाँहरुको माया, ममताको साथ अनलाईनलाई पत्रीका समाचारलाई निरन्तरता दिर्दै आगामी दिनमा श्रव्यदृश्य समाचार सम्प्रेषण गरी यहाँहरु समक्ष प्रशारण गर्ने लक्ष्य लिएका छौं ।

दोलखाको माटोमा जन्मेर, माटो खादा खार्दे अन्न खान सिकेको हामी दोलखावासी नेवार जातीको यही जन्मभुमी प्राचिन शहर दोलखा हो । त्यही बाटोमा कदम चालेर त्यहीँको पाटोलाई उर्वर भूमि बनाउने उद्देश्यले निरन्तर लागिपरेका दोलखाका युवा पुस्ता लगायतका सम्पूर्ण मातृभूमि प्रेमीप्रति हाम्रो पुनः एकचोटी हार्दिक हार्दिक नमन व्यक्त गर्दछु । 

दोलखा जिल्लाभरि नै चाहेर पनि सडक र शहरमा पहिचान दिलाउन असमर्थ भएका सबै मान्यजन व्यक्तित्वहरुलाई हामीले यस बाँपिझ्याला अनलाइन पत्रिका मार्फत सरल रुपमा परिचित गराउने उद्देश्यले विभिन्न प्रतिभाशाली व्यक्तित्वहरुको कार्यशैली, कार्यनीति तथा कार्यविधिलाई उच्च मूल्यांकन गरेर उनीहरुको परिचय सहित केही सम्वादलाई दोलखाको नेपाल (नेवार) भाषा र नेपाली भाषा र अंग्रेजी भाषा सहीत हामीले तिन भाषामा सम्प्रेषण बाँपिझ्याला डटकम संचालन गर्ने गरेका छौं ।

यो बाँपिझ्याला पत्रिकामार्फत सबैलाई सबैको यथार्थ कुरालाई हृदयङ्गम गरेर सिङ्गो दोलखा शहरको भाषा, संस्कृती, जात्रापर्वको साथै जिल्लाको भौगोलिक, मौलिक, ऐतिहासिक  र सामाजिक विकासमा टेवा पुगोस् भन्नेबारे चरितार्थ गर्न खोजेका छौं । यस कार्यमा यहाँहरुका सक्रिय सहयोग र सद्भावको आग्रह सहित अनुरोध गर्दछौं ।

बाँपिझ्याला डटकम पत्रिकाको प्रमुख काम भनेको नै दोलखा शहरमा बसोबास गर्ने नेवार जातीहरुले बोलीने नेपाल (नेवार) भाषाको संरक्षण, बोलीचालीमा निरन्तरता यसै गरी संचालनमा नआएको संस्कृति, परम्परागत रीतिरिवाजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पू¥याई पहिचान राख्न सहयोग गर्नु अर्को उद्देश्य रहेको छ । 

यसै गरी हामीले दोलखामा लुकिरहेका, लोप हुन लागेका र लोप भएर विलय भैसकेको जात्रा पर्वलाई पुनः सञ्चालन गर्न पहल गर्न सकियोस् भनेर घच्घच्याएर चेतना जगाउनु अर्को उद्देश्य रहेको छ । जसले सिङ्गो दोलखावासीलाई दोलखा घर हो गौरव गर्न प्रेरणा मिलोस् ।

तपाई हाम्रो यस अनलाइन पत्रिकाले कसैलाई आक्षेप लगाउने, कसैको प्रतिष्ठालाई आघात पु¥याउने गरेका छैनौं र गर्ने पनि छैनौं । जान अजानमा भएको भएको भए क्षमा प्रार्थी छौं । बरु यहाँहरुको उचित राय, सकारात्मक सुझावलाई स्वागत गर्दछौं । कतै कुनै रीतिरिवाज, संस्कारका पाटाहरु कतै लुकेका छन् भने अप्ठ्यारो नमानीकन प्रेषित गर्नु भएमा अझै हामीले दोलखाको लागि ऐतिहासिक यात्रा गर्न सक्षम हुने थियौ ।

हामीले दोलखाको सिङ्गो धरातललाई समेट्न खोजेका छौं । मात्रै प्रसिद्ध दोलखा भीमसेन (भीमेश्वर) भगवानको आँगनलाई र कालिन्चोक भगवतीको कुण्डलाई मात्रै प्रश्रय दिन खोजेका छैनौं । सिङ्गो दोलखा भनेर उच्चारण दोलखा जिल्ला धार्मीक पर्यटकिय स्थानले भरिएका महत्वपूर्ण धार्मीक पर्यटकिय गन्तव्य जिरी, शैलुङ बेदिङ, लगायत अन्य महत्वपूर्ण स्थानहरुलाई समेटेको मान्नु पर्छ । यसै गरी यस अनलाईन पत्रिका भित्र जिल्ला भित्रका हरेक गाउँ बस्ती, पानी पधेरी भीत्रका कुराहरु समेट्ने प्रयास गरिएको छ । हरेक इतिहासका गाथाहरु लेखिएको छ र लेखिंदै जानेछौं, जिल्लाभरि नै लुकेर रहेका प्रतिभालाई उजागर गर्ने कोसिस गरिरहेका छौं । भाषागत रुपमा जिल्लाभरि रहेका थामी, तमाङ, सुरेल, जिरेल, शेर्षा लगायत बिभिन्न भाषाभाषीलाई समेटेर परिचय र पहिचान खुलाउन हदैसम्म प्रयास गरिरहेका छौं ।

बाँपिझ्याला डटकम अनलाइन पत्रिका तपाईं हामी सबैको साझा पत्रिका हो । तपाईंहरुले विभिन्न मसलाहरु मिलाएर स्वादिष्ट व्यन्जनको रुपमा तयार गरेर दिनुभएको अँचारलाई सबैको सामु पस्किदिने काममात्र हाम्रो हो भन्ने मनसाय राखिदिनु भयोभने पक्कै पनि हामीले तपार्इं हाम्रो पहिचान दिलाउन सक्षम हुनेछौं  ।

बाँपिझ्याला अनलाइन खुल्ला आकाश हो । जो कोहीले निःशुल्क पढ्न पाउँछ । चित्त नबुझेको खण्डमा खण्डन गरेर सही सुझाव दिन सक्नुहुन्छ । यस पत्रिकामा व्यक्ति विशेष, राजनीतिक पार्टी विशेष, र कसैको भक्ति विशेषलाई भन्दा पनी आफ्नो पहिचानको लागि भाषा, संस्कृती, परम्परा, चालचलन आदीलाई सहयोग पू¥याउने एउटा महत्वपूर्ण अभियानमा हात हालेका छौ । यस अभियानलाई पुरा गर्न दोलखावासी दाजुभाई, दिदीबहीनीहरु र शुभचिन्तक महानुभावहरुको सहयोग रही रहको छ र रहने छ भन्ने कुरामा हामी आशावासी रहेका छौं । 

अन्तमा, बाँपिझ्याला डटकम अनलाईन पत्रिका यहाँहरुको आफ्नै पत्रिका हो । यसमा साथ र सहयोग दिएर यहाँसम्म ल्याई पू¥याउन सहयोग गर्नु भई पाँचौ वर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश गर्न साथ, सहयोग र सद्भाव राखी दिनु हुने आदरणिय दोलखावासी मान्यजन व्यक्तित्वहरु डाक्टर, वकिल, प्राध्यापक, व्यवसायी र प्रत्यक्ष अप्रत्यक्ष दोलखाको सामाजिक क्षेत्रमा सलग्न अग्रज समाजसेवी महानुभावहरु तथा सम्पूर्ण दाजुभाई दिदीबहीनीहरु लगायत समस्त नेपालीजनमा बाँपिझ्याला डटकम पाँचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश गरेको अवसरमा हार्दिक कृतज्ञता सहीत ह्दयदेखि आभार व्यक्त गर्दछौं । जय दोलखा भीमेश्वर रक्षा गरुण हामी सवैको ।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार