नेपाल सम्वत् ११४५, यंलागा, चौठी (२६ भाद्र, २०८२, ११ सेप्टेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । देशका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएका हुन्।
जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण हलहरू बन्द गरिएको हो। दर्शकले खरिद् गरेका टिकट कार्यालय पुनः सुरू गर्ने बित्तिकै पूर्ण रूपमा फिर्ता गरिने जनाइएको छ।
असुविधाको लागि माफी माग्दै सबैलाई सुरक्षित रहन समेत जारी सूचनामा अनुरोध गरिएको छ। विषम परिस्थितिका कारण अधिकांश सिनेमा हलहरू मंगलबारदेखि बन्द छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij