Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तीर्थ गौतम र तारा शर्माले करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

तीर्थ गौतम र तारा शर्माले करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

नेपाल सम्वत् ११४५, यंलाथ्वः १५ षष्ठी, २२ भाद्र, २०८२, ७ सेप्टेम्बर, २०२५) आईतबार, बाँपीझ्याला ।  एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । 

उनीहरू दुवै स्नाकोत्तर उत्तीर्ण हुन् । उानीहरूलाई समकालीन साथीहरू विदेश जाँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् ।

परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर, तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन नेपालमै उद्यमी बन्ने सपना देखे । 

यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् ।

बागलुङ बजारको हल्लनचोकनजिकै रहेको टिएन्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् ।

विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । 

५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा रु एक करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराको भनाय छ । 

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए ।  आफूहरूले वार्षिक ५० लाख बराबरको कारोबार गर्ने उनको भनाइ छ । दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई रु ५० मा बिक्री गर्दै आएको उनी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार