नेपाल सम्वत् ११४५, यंलाथ्वः १५ षष्ठी, २२ भाद्र, २०८२, ७ सेप्टेम्बर, २०२५) आईतबार, बाँपीझ्याला । नाइजेरियाको उत्तरपूर्वी एक गाउँमा शुक्रबार राति बोको हरामका आतंककारीहरूले भीषण आक्रमण गरेका छन् । आक्रमणमा ६० जनाको मृत्यु भएको छ ।
उनीहरूले नाइजेरिया–क्यामरुन सीमामा रहेको एक सैन्य अड्डामा आक्रमण गरी कम्तीमा पाँच सैनिकको पनि हत्या गरेका छन् । यो आक्रमण दारुल जमाल गाउँमा भएको थियो । उनीहरू सरकारको सुरक्षा आश्वासन दिएपछि हालसालै विस्थापित मानिसहरूको शिविरबाट फर्केर आफ्नो घरमा बस्न थालेका थिए ।
नाइजेरियाली वायु सेनाले जनाएअनुसार, गाउँमा भएको उक्त आक्रमणको खबर पाएपछि गरिएको हवाई हमलामा ३० जना लडाकु मारिएका छन् । बोर्नो राज्यका गभर्नर बाबागाना जुलुमले शनिबार साँझ गाउँको भ्रमण गरी मृतकको संख्या ६० भन्दा बढी भएको पुष्टि गरेका छन् ।
आक्रमणकारीहरूले २० भन्दा बढी घर जलाइदिएका छन् । दश घरहरूमा तोडफोड गरेका छन् । १०० भन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका बामाको स्थानीय सरकारले बताएको छ ।
आतंकवादी मामिलाका विज्ञ तथा इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजका ताइवो अदेबायोले यो आक्रमण बोको हरामको समूहले गरेको बताएका छन् ।
नाइजेरियाको घरेलु जिहादी समूह बोको हरामले सन् २००९ मा हतियार उठाएको थियो । यसको उद्देश्य पश्चिमी शिक्षाको विरोध गर्नु र आफ्नो कट्टरपन्थी इस्लामी व्यवस्था लाद्नु थियो । संयुक्त राष्ट्रका अनुसार, यस संघर्षमा अहिलेसम्म करिब ३५ हजार नागरिक मारिएका छन् । २० लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् । बीबीसी
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij