Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

रास्वपा ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र

रास्वपा ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र

नेपाल सम्वत् ११४५, यंलाथ्वः १५ षष्ठी, २२ भाद्र, २०८२, ७ सेप्टेम्बर, २०२५) आईतबार, बाँपीझ्याला ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ता प्रक्रियाबारे जिज्ञासा व्यक्त गरेको छ।

नेपाल सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालहरू दर्ता नभएको भन्दै सञ्चालनमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएका सञ्जालहरूमध्ये सर्वाधिक प्रयोगकर्ता भएका मेटा र युट्युबलाई रास्वपाले पत्राचार गरी दर्ता प्रक्रियाबारे जानकारी मागेको हो।

रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले यी दुई सामाजिक सञ्जाललाई पत्र लेखेका हुन्। पत्रमा सामाजिक सञ्जालहरू मनोरञ्जनको माध्यम मात्र नभई शिक्षा, उद्यम, डिजिटल उद्यमशीलता र प्रवासी नेपालीहरूसँग जोडिन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ। साथै, यी सञ्जालहरू नागरिकको दैनिक जीवनको अभिन्न अंग भएको र धेरै प्रयोगकर्ताले यसबाट आयआर्जनसमेत गरिरहेको पत्रमा उल्लेख छ।

रास्वपाले मेटा र युट्युबलाई दर्ता प्रक्रियामा कुनै व्यवधान भए जानकारी गराउनसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार