Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मुम्बई प्रहरीले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको मुद्दा

मुम्बई प्रहरीले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको मुद्दा

नेपाल सम्वत् ११४५, यंलाथ्वः १४ पञ्चमी, २१ भाद्र, २०८२, ६ सेप्टेम्बर, २०२५) शनिवार, बाँपीझ्याला ।   मुम्बई प्रहरीले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको मुद्दामा ‘लुकआउट सर्कुलर’ जारी गरेको छ। 

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, दुई जना प्रायः विदेश यात्रा गरिरहने भएकाले अनुसन्धानमा कुनै बाधा नआओस् भनी यो कदम चालिएको हो।
shilpafe.jpg
undefined

मुम्बईका व्यापारी दीपक कोठारीले गत अगस्ट १४ मा शिल्पा र राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीको आर्थिक अपराध शाखामा उजुरी दर्ता गराएका थिए। कोठारीका अनुसार, सन् २०१५ देखि २०२३ को बिचमा उनले व्यापार बढाउन भन्दै यो जोडीलाई कूल ६०.४८ करोड रुपैयाँ दिएका थिए। तर, उनीहरूले उक्त रकम कम्पनीमा लगानी गर्नुको सट्टा व्यक्तिगत खर्चमा प्रयोग गरेको आरोप कोठारीको छ।

कोठारीका अनुसार, सन् २०१५ मा उनको भेट एजेन्ट राजेश आर्यमार्फत शिल्पा र कुन्द्रासँग भएको थियो। त्यसबेला उनीहरू ‘बेस्ट डिल टिभी’ नामक कम्पनीका निर्देशक थिए र शिल्पाको कम्पनीमा शेयर थियो।
 
एक बैठकमा, कोठारीले शिल्पा र कुन्द्राको कम्पनीलाई वार्षिक ब्याजदरमा ७५ करोड रुपैयाँ ऋण दिने सहमति भएको थियो। तर, पछि करसम्बन्धी समस्या आउने भन्दै उक्त रकमलाई लगानीका रूपमा देखाउने र मासिक रूपमा फिर्ता दिने भनिएको कोठारीको भनाइ छ।

करोडौँको लेनदेन

अप्रिल २०१५ मा कोठारीले पहिलो किस्ताबापत ३१.९५ करोड रुपैयाँ दिएका थिए। त्यसपछि कर समस्या जारी रहेपछि सेप्टेम्बरमा अर्को सम्झौता भयो, र जुलाई २०१५ देखि मार्च २०१६ को बिचमा उनले थप २८.५४ करोड रुपैयाँ हस्तान्तरण गरे। कोठारीले कूल ६०.८ करोड रुपैयाँका साथै स्ट्याम्प ड्युटीका रूपमा ३.१९ लाख रुपैयाँ पनि तिरेका थिए।

कोठारीको दाबीअनुसार, अप्रिल २०१६ मा शिल्पाले उनलाई व्यक्तिगत ग्यारेन्टीसमेत दिएकी थिइन्, तर सोही वर्षको सेप्टेम्बरमा उनले कम्पनीको निर्देशक पदबाट राजीनामा दिइन्। यसपछि शिल्पाको कम्पनीमा १.२८ करोड रुपैयाँ ऋण नतिरेको अर्को मुद्दा पनि बाहिर आएको थियो।

आफ्नो पैसा फिर्ता माग्दा पनि कुनै जवाफ नआएपछि कोठारीले कानुनी बाटो रोजेका हुन्। सुरुमा यो मुद्दा जुहू प्रहरी चौकीमा दर्ता भएको थियो। रकम १० करोडभन्दा बढी भएकाले अनुसन्धानको जिम्मेवारी आर्थिक अपराध शाखालाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार