Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अरुणा रुम्बाको ‘टाढा नजाउ’

अरुणा रुम्बाको ‘टाढा नजाउ’


नेपाल सम्वत् ११४५, यंलाथ्वः १२ तृदशी, १९ भाद्र, २०८२, ४ सेप्टेम्बर, २०२५) बिहीबार, बाँपीझ्याला । 
अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ ।

प्रेमिल गीतमा आफूले माया गरेको मान्छेलाई सधै समिपमा रहन टाढा नजान आग्रह गरिएको छ । गीतको भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
 
अरुणा रुम्बा प्रवासमा बसेर गीत, सङ्गीतमा सक्रिय हुनुहुन्छ । उहाँका दर्जन भन्दा वढि गीत श्रोता/दर्शकमाझ आएका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार