नेपाल सम्वत् ११४५, यंलाथ्वः १० एकादशी, १७ भाद्र, २०८२, २ सेप्टेम्बर, २०२५) मंगलबार, बाँपीझ्याला । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक गरिएको हो।
दानबहादुर कार्कीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका हुन्। गीतमा आशिष अविरल र मेलिना राईको स्वर सुन्न सकिन्छ।गीतको भिडिओमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। जोडीको रुपमा रहेका प्रकाश र स्वस्तिमाले गीतमा छमछमी नृत्य गरेका हुन्।
कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले हरिबहादुर क्यारेक्टरमाथि फिल्म बनाउनुको कारण खुलाए। ‘हरिबहादुर क्यारेक्टरले यो क्षेत्रमा निरन्तरता दिन बल दियो। टेलिभिजनमा गर्न फण्डिङ जुटाउनुपर्यो, निरन्तरता दिन गाह्रो भयो। यो क्यारेक्टरलाई ठूलो पर्दामा लग्यो भने पछिसम्म रहन्छ भनेर। सिरियलमा भन्दा फिल्ममा सुरूदेखि अन्तिम क्यारेक्टरमा रहनुपर्ने रहेछ। टेलिभिजनमा हरिबहादुरले अरूलाई रूवाएको थियो। फिल्ममा आफै रोएको छ। यही फरक छ,’ उनले भने।
अभिनेत्री स्वस्तिमा खड्काले हरिबहादुर आचार्यसँग काम गर्दा गर्व लागेको सुनाइन्। त्यसैगरि, अभिनेता सपुतले पनि हरिबहादुर आइकोनिक क्यारेक्टर भएकाले यस हरिवंशसँग स्क्रिन सेयर गर्न पाउँदा भाग्यमानी महसुस भइरहेको बताए।
यस फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। यो फिल्म दसैँको अवसरमा फूलपातीको दिनबाट रिलिज हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij