नेपाल सम्वत् ११४५, यंलाथ्वः ९ नवमी, १६ भाद्र, २०८२, १ सेप्टेम्बर, २०२५) सोमबार, बाँपीझ्याला । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले सञ्चालित अध्ययन अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत दोलखा आगमन भएका नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरूलाई दोलखा उद्योग वाणिज्य संघले आफ्नो कार्यालयमा स्वागत गरेको छ।
भदौ १५ देखि १८ गतेसम्म नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन गरिएको "आन्तरिक पर्यटन प्रवर्द्धनको लागि अध्ययन अवलोकन भ्रमण कार्यक्रम" का क्रममा भ्रमणमा सहभागी भएका नुवाकोट संघका पदाधिकारीहरू अध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, प्रथम उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष सविन राज भण्डारी, सचिव मधुसूदन थपलिया तथा सदस्यहरू ज्ञानुमाया गिरि, नानु गुरुङ, मनिषा सापकोटा, पुष्पोत्तम कार्की, राजकुमार आचार्य, हरिकृष्ण तिमिल्सिना, नवराज पाण्डे, दिपक तिमिल्सिना, पवन नेपाल र प्रमोद श्रेष्ठलाई दोलखा उद्योग बाणिज्य संघले संयुक्त रूपमा स्वागत गरेका हुन्।
यो अभियान दोलखा, भक्तपुर, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन र नुवाकोट जिल्लाका उद्योग वाणिज्य संघहरूको संयुक्त सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै जिल्लाविच आपसी सम्बन्ध, अनुभव आदानप्रदान तथा सहकार्यलाई अझ मजबुत बनाउनु रहेको आयोजकहरूले बताएका छन्।अवलोकन भ्रमणको क्रममा सहभागीहरूले विभिन्न जिल्लाका पर्यटकीय सम्भावना, सांस्कृतिक सम्पदा, स्थानीय उत्पादन र व्यवसायिक अवसरहरूको समेत अवलोकन गरेका थिए।
संघहरूले गरेका यस्ता पहलहरूले स्थानीय पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
राजकुमार भुजेल, दोलखा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij