नेपाल सम्वत् ११४५, यंलाथ्वः ८ अष्टमी, १५ भाद्र, २०८२, ३१ अगष्ठ, २०२५) आईतबार, बाँपीझ्याला । सेयरबजारमा आज ६ अर्ब ६ करोडको खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ४८ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
कुल कारोबारमा नेपाल पुनर्बीमाको ४५ करोड, हिमालयन रि इन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टिलरीको २६ करोड, नेपाल रिपब्लिक मिडियाको २१ करोड, पिपुल्स पावर लिमिटेडको १८ करोडको कारोबारको मुख्य योगदान मिलेको छ।
यद्यपि सूचक भने ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेको छ। यस दिन २१ वटा सेयरको मूल्य बढ्दा २२८ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज सर्वाधिक ६.७७ प्रतिशतसम्मले बढ्दा १० प्रतिशतसम्मले सेयर मूल्य घट्नसमेत पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij