Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

कालिञ्चोककी हिराले पाईन नागरिक्ता

कालिञ्चोककी हिराले पाईन नागरिक्ता

हिरा थामीले २८ बर्षको उमेर पुग्दा पनि न नागरिकताबाट बञ्चित थिइन । नागरिकता नहुँदा विवाह दर्ता थिएन । स्वास्थ्य जस्तो संवेदनशील अवस्थामा समेत नागरिकता नहुदाँ कोरोना विरुद्धको खोप लगाउन पाएका थिएन । अरु सेवा, सुविधा र अधिकारबाट पनि बञ्चित भइन् ।
 
उनी विगु गाउँपालिका वडा नं. ८ वाट कालिञ्चोक गाँउपालिका वडा नं. १, कालिञ्चोकमा विवाह गरेकी हुन् । उनको दुई छोरी छिन् । श्रीमान र घरको अरु सदस्यले वास्ता गरेको थिएन । बालबच्चालाई विद्यालय पठाउने चासो थिएन । बालबच्चा र श्रीमतीले पारिवारिक मायाँ पाएको थिएन । उनको श्रीमानको नाम कृष्ण थामी हो । हिरा कृष्णको दोस्रो श्रीमान हुन भने उनी पनि दोस्रो श्रीमती हुन् । हिराको बोली त्यति स्पष्ट छैन । कृष्णको पहिलो श्रीमती वा सौताकोे तर्फवाट दुई छोरा छन् भने सौता छैनन् । हिरा कोही कतै आफ्नो समस्या राख्न पनि सक्दिनथे । त्यसकारण श्रीमान्, सासु र ससुराले वास्ता गरेको थिएन । 

परियोजनावाट महिला समुहमा बाल अधिकार, महिला अधिकार र सशक्तिकरण, मदिरा न्यूनिकरण, स्वास्थ्य तथा सरसफाइ र समुदाय विकासका कामहरु बारेमा छलफल, अभिमुखिकरण विषयक सचेतना कार्यक्रम संचालन गरेको छ । महिला समुहले नियमित वैठक संचालन गर्दछन् । त्यस बैठकमा समुदायका मुद्धाको विषयमा समेत छलफल हुन्छ । महिला र बालबालिकाको समस्याको बारेमा छलफल हुन्छ। समस्या समाधानको लागि कहाँ र कोसंग कुरा गर्नु जाने हो छलफल हुन्छ सो अनुसार अघि बढ्छन् । कति समस्याहरु समुहका सदस्य आफै मिलेर समाधान गर्दछन् भने कुनै समस्याले समय लाग्ने र वडा न्यायिक समिति आदिमा सम्म पनि जानु पर्नेहुन्छ । 

उनी लाली गुँरास महिला समुहका सदस्य हुन् । समुहमा महिला अधिकारको बारे छलफल गर्दा समुहले हिराको नागरिकता र विवाह दर्ता नभएको किटान गरे । समुहमा गहन छलफल भयो । बेला बेलामा भएको छलफलबाट कृष्ण र घरको अन्य सदस्यसंगं भेटघाट र छलफल भयो । श्रीमान र घर परिवारले वास्ता गरेन । त्यस पछि वडामा जाने निर्णय भयो । वडाले पिडित हिरा थामीको श्रीमान्लाई बोलायो र छलफल भयो । त्यस पछि उनका श्रीमानले नागरिकताको लागि सहयोग गरे र विवाह दर्ता समेत गर्न सफल भइन । 

उनले मिति २०७९ असार ०२ गते नागरिता विधिवत प्राप्त गरेकी छिन भने विवाह दर्ता समेत भएको छ । दुवै छोरीको जन्म दर्ता पनि गरि दिइन् । हाल छोरीहरुलाई विद्यालय जान सहयोग भएको छ । परिवारको अन्य सदस्यले समेत मायाँ गर्ने गरेको छ । उनीले हाल नेपाल सरकारले दिने सेवा, सुविधाको जानकारी पाउँछिन् । अधिकारवाट वञ्चित छैनन् । परिवारमा हेलमेल, मायाँ सबै राम्रैछ । यो अभियानले समुह तथा समुदाय अधिकार प्राप्तीको लागि सशक्त भएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार