नेपाल सम्वत् ११४५, यंलाथ्वः ४ चौठी, ११ भाद्र, २०८२, २७ अगष्ठ, २०२५) बुधबार, बाँपीझ्याला । दोलखाका युवा समाजसेवी विनोद मास्के दोश्रो सांगीतिक कोसेली “हुन्छ भने दिलैदेखी” बोलको गित आज एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । वि.एम. संसारका अध्यक्ष समाजसेवी भल्ला मास्केको सभापतीत्वमा सम्पन्न उक्त गित सार्वजनिक कार्यक्रममा दोलखाका बरिष्ठ कलाकार मदनदास श्रेष्ठ प्रमुख आथित्यता रहेको थियो ।
बी.एम. संसारको दोस्रो सांगीतिक कोसेली ‘हुन्छ भने दिलैदेखि’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
यसै गरी स्थानिय संघ–संस्थाका प्रतिनिधीहरुका साथ भिडियो गिती संग्रहमा संलग्न निर्देशक राजु पुरी, नायक शीतल केसी, नायिका एवं कोरियोग्राफी सरु कार्की, म्युजिक एरेञ्जर योगेन मुकारुङ्, श्रृङ्गार अशोक रोक्काको साथमा गीतका रचनाकार बालकृष्ण श्रेष्ठ ‘पासा’ उपस्थिती रहेको थियो ।
पहिलो गीत “मस्तीको रात” धेरै श्रोताहरूले मनपराएकोमा उत्साहित हुँदै छोटो समयमा “हुन्छ भने दिलैदेखी” दोश्रो गिती संग्रह निकाल्न प्रेरणा मिलेको समाजसेवी नवगायक विनोद मास्केले भनाई रहेको छ ।
उक्त कार्यक्रममा सहयोग गर्ने महानुभावहरुलार्य प्रशंसापत्र वितरण गरिएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. श्याम जोशी, नेप्लीज फेशनका अध्यक्ष हेमा मानन्धर, समकालीन एकता समाज नेपालकी अध्यक्ष गायीका सकुना श्रेष्ठ मलेकु, युवा समाजसेवी अधिवक्ता प्रवीण प्रधान र निर्देशक राजु गिरीले शुभकामना मन्तव्यका साथै आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । https://bampijhyala.com/content/101564
कार्यक्रम मिस नेवाः सकिना महर्जनले सञ्चालन गरेकी थिइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij