Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक

‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक

नेपाल सम्वत् ११४५, गुंलागा ११ एकादशी (३ भाद्र, २०८२, १९ अगष्ठ, २०२५) मंगलबार, बाँपीझ्याला ।  सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा गाउँले परिवेशमा प्रेमदेखि पारिवारिक सम्बन्धमा आउने उताडचडावको कथा समेटिएको छ।

ट्रेलरमा मुख्य कलाकार सुरक्षापन्तदेखि नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, ऋचा शर्मा लगायत फिचर्ड छन्। सामाजिक द्वन्द्धसहित कमेडी र सेन्टिमेन्टलले भरिएको ट्रेलर रोचक बनेको छ।

पौडेल सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक हुन्। नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ। नेपालमा भने यो फिल्म भदौ १२ गते रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार