Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्राचिन शहर दोलखामा भैरबकुमारी जात्रा सम्पन्न, शिवभक्ती परिवार युवा पुस्ताको आकर्षण

प्राचिन शहर दोलखामा भैरबकुमारी जात्रा सम्पन्न, शिवभक्ती परिवार युवा पुस्ताको आकर्षण

भैरव कुमारी जात्रा शिवभक्ती परिवार युवा पुस्तामा हस्तान्तरण आकर्षण 

नेपाल सम्वत् ११४५, गुलागा ७ सप्तमी (३१ श्रावण, २०८२, १६ अगष्ठ, २०२५) शनिवार, बाँपीझ्याला, दोलखा ।  प्राचिन शहर दोलखाम मनाईने जात्रापर्व मध्ये आफ्नै मौलिक महत्व रहेको भैरब कुमारी जात्रा आजदेखि सम्पन्न भएको छ । यस बर्ष यही साउन २६ गते सोमबार द्वितियादेखि शुरु भई आज ३० गते षष्ठीको दिन सम्पन्न भएको छ ।

यसरी सम्पन्न भएको भैरवकुमारी जात्रामा शिवभक्ती परिवारमा युवा पुस्तामा हस्तान्तरण आकर्षण देखिएको छ । जसले गर्दा यस बर्षको भैरबकुमारी जात्रा हर्सोउत्साहका साथ सम्पन्न गर्न गुठीयारहरु सफल भएका छन् ।

Bhairab-kumari.jpg

शिवभक्ती परिवारबाट भैरबकुमारी जात्रामा सहभागी मध्येका २ जना बच्चाको नृत्य आकर्षण देखिएको छ । सहभागी शिवभक्ती युवाहरुमा डिसन शिवभक्ती, दिलिप शिवभक्ती, सकुन शिवभक्ती, राम शिवभक्ती, सुकदेव शिवभक्ती, हरिकृष्ण शिवभक्ती, शिवशंकर शिवभक्ती, सिंह शिवभक्ती, बासुदेव शिवभक्ती, राजकुमार शिवभक्ती, वीर बहादुर शिवभक्ती र सर्मे शिवभक्ती रहेका छन् । यी युवा पुस्ता यही जात्रा संचालनको लागि उपत्यका लगायत देशका अन्यत्र पेशा, व्यवसायलाई र रोजगारीलाई जात्रा अवधीभर थातीमा राखी दोलखा आई जात्रा संचालनमा सक्रिय रुपमा सहभागी रहेका हुन्छ ।

shivabhakti.jpg
undefined

यसै गरी केही शिवभक्ती परिवार दोलखा स्थानिय रुपमा बसोबास गर्ने गरेको भएतापनी अन्य पेशा व्यवसाय छोडेर ५ दिन जात्रा संचालनमा सक्रिय सहभागी हुने गर्दछन् । जसको कारणले दोलखामा भैरबकुमारी जात्रा संचालनमा थप सहयोग पुगेको भीमेश्वर नगरपालीका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठको भनाई रहेको छ ।

Bhairab1.jpg

यसै गरी यसवर्षदेखि नयाँ गुभाजु बिष्णुभक्त श्रेष्ठको परिवारको आगमन भएको छ । जसमा जेष्ठ सुपुत्र रामभक्त श्रेष्ठले सक्रियताका साथ सहभागी भएको कारणले जात्रा संचालनमा थप सहयोग पुगेको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

विशेष गरी नेवाः जातीको बसोबास रहेको यस दोलखा शहर हालको नगरमा बिभिन्न चाडपर्व, जात्रामात्राहरु मनाउने गरेका छन । जस्ले नेवाः जातीको पहिचान कायम गर्नुका साथै नेपालको साँस्कृतीक क्षेत्रमा ईज्जत र गौरव बढाउन मद्धत गरेको छ ।

Bharaib1.jpg

बर्षा मौसममा रात्रीकालीन समयमा निकालिने भैरब कुमारी जात्रा देशको कुनै पनि भागमा नभएको यस जात्राको छुट्टै मौलिक विशेषता र परम्परा रहेको छ । समृद्ध दोलखा शहर हालको नगरको महत्वपूर्ण जात्राहरु मध्ये गाईजात्राको भोली पल्ट बेलुकी द्धितिया देखि षष्ठिसम्म लगातार ५ दिन (बेलुकी) सम्म जात्रा निकाली बिधिपूर्वक मनाईने भैरब र कुमारी (बालकुमारी) जात्राको नामबाट संचालन भएको पाईन्छ । https://bampijhyala.com/content/101709

 

bhairab2.jpg
फोटोः बाँपिझ्याला डटकम, अरुण श्रेष्ठ, दोलखा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार