नेपाल सम्वत् ११४५, गुलागा ७ सप्तमी (३० श्रावण, २०८२, १५ अगष्ठ, २०२५) शुक्रबार, बाँपीझ्याला । ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन सिन्दूरमा सहभागी सैनिकप्रति सम्मान व्यक्त गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्।
उनले पहलगाममा भएको नरसंहारको स्मरण गर्दै भने, ‘आतङ्ककारीहरूले सीमापारबाट आएर निर्दोष नागरिकलाई धर्म सोधेर हत्या गरे। श्रीमानलाई उनकी श्रीमतीको अगाडि, बुबालाई छोराछोरीको अगाडि मारियो। यस घटनाले सम्पूर्ण भारत क्रोधित भएको छ, र अपरेसन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो।’
यस्तै, उनले स्वदेशमै निर्मित लडाकु विमान र आफ्नै जेट इन्जिनको आवश्यकता औँल्याउँदै भने, ‘हामी अब समुद्र मन्थनको दिशामा अघि बढिरहेका छौँ, समुद्रभित्र तेल र ग्यासको भण्डार खोज्ने अभियानमा छौँ। मेड इन इन्डिया जेट इन्जिन हाम्रो प्राथमिकता हो।’
उनले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार बताउँदै जोड दिए, ‘आत्मनिर्भरता केवल आयात–निर्यात वा पैसामा मात्र सीमित छैन, यो हाम्रो शक्ति र स्वतन्त्रताको आधार हो। यदि अरूमाथि अत्यधिक निर्भरता रह्यो भने स्वतन्त्रताको सार हराउँछ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij