नेपाल सम्वत् ११४५, गुंलाथ्वः १४ (२३ श्रावण, २०८२, ८ अगष्ठ, २०२५ शुक्रबार, बाँपीझ्याला । समाजसेवी सकुना श्रेष्ठ मलेकुकी “कृष्ण भजन” गित आज सार्वजनिक गरिएको छ । २०७८ सालको तिजको अवसरमा “माईतीको आगन” बोलको गितबाट नेपालको साँगितीक क्षेत्रमा प्रवेश गर्नु भएका सकुना श्रेष्ठ मलेकुकी चारबर्षको अन्तरालमा दर्जन भन्दा बढी आधुनिक गित तथा भजन संग्रह सार्वजनिक गरिसकेको छ ।
जनैपूर्णीमाको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यस “कृष्ण कृष्ण” भजनमा धर्मभक्तीमा अग्रसर हुने भक्तजन नेपाली दाजुभाई, दिदीबहीनीहरुको लागि यसले थप सहयोग पुगेको छ । सकुना श्रेष्ठ मलेकुकीे युवट्युव च्यानलमा गएर यस भजनलाई हेर्न सक्नु हुनेछ । करिव ५ मिनेट ३० सेकेण्डको दृश्य रहेको यस भजनमा भक्तीगान प्रस्तुत गरिएको छ ।
माईतीको आगन, तिजको लहर, रानी झै घमक्क जस्ता चर्चित तिजको गित बजारमा आईसकेको छ । यसै गरी जन्मघर दोलखा, दोलखा बजारमा, कति सहन्छौ जस्ता आधुनिक गितका साथै श्यामसुन्दर, दोलखा भीमेश्वर, रामराम र पार लगाउन प्रभु जस्ता भजन संग्रह रहेको छ । यसरी आधुनिक र भजन संग्रहले गर्दा उहाँलाई नेपालको साँगितीक क्षेत्रमा अगाडी बढ्न सहयोग पुगेको छ ।
“कृष्ण कृष्ण” बोल रहेको कृष्ण भजन संग्रहमा स्वर सकुना श्रेष्ठ मलेकु, शब्द एचवि सुनार, संगित मञ्जु उपासना, एरेञ्ज सुदिप सागर, स्टुडियो अकेन्टीक नेपाल, मिक्सीङ मास्टरिङ्ग प्रकाश मिश्र रेकरिष्ट राजारामबाबु रहेको छ ।
यस भजनलाई निर्देशन एचवि सुनार, कोरियोग्राफ्री मञ्जु उपासना, छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाई, मेकअप सपना लम्साल, ङ«ोन विशाल लामा, अभिनय गिता ढुंगाना, गोविन्द विवस र सकुना श्रेष्ठ मलेकुकी रहेको छ । सम्पादन मिलन विश्वकर्मा र प्रविण रहेका छन् ।
भजनमा दृश्य निर्माणमा मञ्जरी संगीत पाठशाला, बजार व्यवस्थापनको लागि बाँपिझ्याला मिडियालाई जिम्मेवारी दिईएको छ । यस भजनको निर्माता सकुना श्रेष्ठ मलेकु सकुना अर्पाटमेन्ट, पुल्चोक रहेको छ ।
सामाजिक सेवा भनेको अर्को दोश्रो व्यक्तीको सेवा गरेर आनन्द लिने गरिन्छ भने संगित क्षेत्रमा आफ्नो प्रवेशले आफुलाई आत्म सन्तुष्टी र मनोरञ्जन लिने गरेको अनुभव समाजसेवी गायीका सकुना श्रेष्ठ मलेकुको भनाई रहेको छ ।
यसै गरी यस “कृष्ण कृष्ण” बोलको भजन सग्रह आजदेखि सार्वजनिक गरिएकोले उक्त भजनलाई सुनी मनपराई शेयर, लाईक र सस्क्राईभ गरि दिन पनी समाजसेवी गायीका मलेकुले आग्रह सहित अनुरोध गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij