Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

वर्षा कुँवर, मिसेस ब्युटी क्विन नेपाल

वर्षा कुँवर, मिसेस ब्युटी क्विन नेपाल

 

नवलपरासीमा जन्मिएकी वर्षा एक सफल व्यवसायी पनि हुन् । एक छोरीकी आमा उनले रियल स्टेट, पेट्रोल पम्प, सलुन व्यवसाय सम्हाल्दै आएकी छिन् । मिस नेपालमा भाग लिने अधूरो सपना पूरा गर्न मिसेस ब्युटी क्विन नेपालमा भाग लिएको उनको भनाइ छ । फेसबुकमा यसको विज्ञापन देखेपछि त्यतातर्फ आकर्षित भएको र सुरुका १५ दिनसम्म आफू यो प्रतिस्पर्धामा जाने निर्क्यौल भइनसकेको उनले सुनाइन् ।

‘सुरुमा मन लागेन भने बीचैमा छोडिदिन्छु भनेर फर्म भरेकी थिएँ । पछि त्यहाँका सर–म्याडमहरूले उत्प्रेरित गर्नुभयो । मलाई सहभागी मात्रै होइन विजेता नै बन्नु थियो,’ उनी भन्छिन्, ‘तालिम अवधिमा हामीलाई सोधिन्थ्यो, तपाईं कसलाई क्विन देख्नुहुन्छ भनेर । मेरो उत्तर सधैं म क्विन हुँ भन्ने हुन्थ्यो । यही आत्मविश्वासले उहाँहरूले मलाई प्रतिस्पर्धा छोड्न दिनुभएन । मैले धेरै मेहनत गरें फलस्वरूप सफलता हात पारें ।’

उनी हरेक नेपाली नारीलाई घरबाट निस्किएर केही न केही काम गरी आफ्नो स्वपहिचान बनाउन सुझाउँछिन् । ‘मेरो पनि महिलाकै लागि सामाजिक काम गर्ने योजना छ । म हरेक महिलालाई आत्मनिर्भर बनी आफ्नो पहिचान आफैं बनाउन आग्रह गर्छु,’ उनले भनिन् । सम्प्रेषणको लागि नारीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार