Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा शैलुङका विपन्न महिलाहरु गोलभेंडा उत्पादनबाट आम्दानी गर्दै

दोलखा शैलुङका विपन्न महिलाहरु गोलभेंडा उत्पादनबाट आम्दानी गर्दै

नेपाल सम्वत् ११४५, गुंलाथ्वः६ षष्ठी, (१४ श्रावण, २०८२, ३० जुलाई, २०२५ बुधबार, बाँपीझ्याला ।  राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत शैलुङ गाउँपालिकासँगको साझेदारीतामा ग्रामीण विकास टुकी संघ, दोलखाले २०८० असार ५ देखि ९ गतेसम्म सञ्चालन गरेको ५ दिने ब्यवसायिक गोलभेंडा उत्पादन तालिम संचालन गरिएको छ ।  

उक्त तालिममा सहभागी भएका शैलुङ गाउँपालीकाका ८ वटै वडाका २५ जना गरिव, विपन्न, दलित, एकल महिलाहरुमा धेरैले आम्दानी गर्न लागेका हुन् । यस्तो आम्दानी बृद्धिले दैनिकी घ¥यासी खर्च सञ्चालन गर्न सहज भएको वहाँहरुको भनाई रहेको छ ।

यसरी गाउँपालिकाको ८ वटै वडामा रहेका गरिव, विपन्न, दलित, एकल महिला लक्षित गरि राष्ट्रपती महिला उत्थान कार्यक्रमबाट महिलाहरुको आर्थिक तथा सशक्तिकरणका लागि उल्लेखित ५  दिने ब्यवसायिक गोलभेडा खेती तालिम गाउँपालिकाको कार्यालयमा सञ्चालन भएको थियो । 

यसै गरी सो तालिममा सहभागीहरुलाई टनेल बनाउने, जैविक विषादी बनाउने, नर्सरी राख्ने, कटिङ गर्ने सिप विकास तालिम दिइएको थियो । शैलुङ्ग गाउँपालिकाबाटै छनौट गरिएको यी सहभागिहरुलाई गाउँपालिकाबाट राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत जनही रु. २६ हजारका दरले ब्यवसायिक गोलभेंडा खेती गर्नका लागि आर्थिक अनुदान समेत दिइएको छ । 

अहिले, सो तालिम लिएका महिलाहरुले प्लाष्टिक टनेल घरको निर्माण गरि ब्यवसायिकरुपमा गोलभेंडा र तरकारी खेती गरि आम्दानी गरि रहेका छन् । वहाँहरु प्लाष्टीक टनेलमा गोलभेंडा खेती गर्दा घामपानीबाट बचाउने, रोग कीरा कम लाग्ने र आम्दानी पनि राम्रो हुने बताउनु हुन्छ । 

यसका साथै उत्पादन गर्दा केहि समस्या भएमा प्राविधिकसंग सर–सल्लाह लिई विरुवाको उपचार गर्ने गरेको समेत बताउनु हुन्छ । प्लाष्टिक टनेल घरमा गोलभेंडा उत्पादन प्रविधिको सिप र क्षमता विकास तालिम लिए पछि आम्दानी बृद्धिले दैनिकी सञ्चालन गर्न सहज भएको छ ।

आगामी दिनमा समेत यस्तै प्रकारको तालिमको आवश्यकता रहेको स्थानिय बासिन्दाहरुको माग रहेको छ । 

श्रोत : ग्रामीण विकास टुकी संघ, चरिकोट, दोलखा

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार