केही बर्ष अधि एक चिनजानका अधबैंसे बिबाहित ब्यक्तिले एउटी “केटीसाथी” (Girlfriend) राखेको छु, उनलाई आफुले किनिराखेको हाउजिङको घरमा लगेर रमाइलो गर्छु भनेर सुनाए। अचेल श्रीमती सरहकी महिलालाई “ “केटीसाथ” भन्दा रहेछन। “मान्छ त अनि भनेको” मेरै पैसाले उनले परिवार पाल्छिन्, अनि किन नमान्नु ?”, तर उनले परम्परागत शैलीको सम्भोग चै नगर्नुस, किनकि मेरो “कुमारीत्व” सुहाग रातमा मेरो पतिलाई उपहार दिनु पर्छ भन्छिन“ भनेर सुनाए । यसबाट हाम्रो समाजमा महिलाहरु स्वयमले पनि “कौमार्यता“ लाई कति महत्व दिदा रहेछन् भन्ने स्पष्ट हुन्छ। यसलाई पनि पुरुषवादी सोचकै विभेदकारी परंरागत मान्यता मान्न सकिन्छ।
प्राचिन काल देखिनै कौमार्यताको ठुलो महत्व थियो। ग्रिसबासीले “कुमारी“ देवीका त्रिमूर्ति अर्टिमिस, हिस्टिया र एथेना (Artemis, Hestia, Athena) को ठुलो सम्मान गर्थे । कुमारी मेरी लाई क्रिस्चियनहरु श्रद्धा गर्छन भने नेपालीहरु जीवित देवी कुमारीको पुजा गछ्र्न। भारतमा कन्या कुमारीको ठूलो मन्दिरनै छ। हिन्दु धर्म ग्रन्थमा उस् बेलाका ऋषिहरूले अहिल्या, तारा, मन्दोदरी, कुन्ती तथा द्रोपदीलाई पञ्चकन्या भन्थे यद्यपि परंरागत सोच वा मापदण्ड अनुसार उनीहरु कुमारी थिएनन। हाम्रो समाजमा कन्यादानको परम्परा छ जसमा ताजा बासनायुक्त फूल पति परमेस्वरलाई चढाउनु पर्छ भन्ने प्रतीत हुन्छ ।
पौराणिक कालमा देबि देवताहरू लाई कुमारीको बलि दिने चलन पनि थियो। कौमार्यताले गर्दानै “पतिब्रता“ हुनुपर्ने मान्यता भयो र यसबाट नै सती प्रथा जस्तो कुरीतिको सुरुआत भयो। अफ्रिका तिर कुनै पुरुष लामो समयको लागि घर छाडेर परदेश जानु पर्यो भने आफ्नी पत्नीले परपुरुष गमन नगरोस् भन्ने सुनिश्चित गर्न सतित्व पेटी (Chastity Belt) लगाएर ताला लगाएर जाने चलन थियो । किन महिलाले मात्र पतिव्रता पेटी लगाउनु पर्ने र पुरुषले नपर्ने यो एक गम्भीर प्रश्न हो ।
बिगतमा कौमार्यतालाइ महिलाहरुको अत्यन्त “पबित्रता” को पर्यायवाची मानिन्थ्यो । यो अमूल्य गुणलाई महिलाहरुले पनि कुनै किसिमले संरक्षण गर्नु जरुरी ठानिन्थ्यो। पौराणिक ग्रीसमा यौटा अनौठो प्रथा थियो – एउटी महिलाले आफ्नो कौमार्यता प्रेमकी देबि एफ्रोडित (Aphrodite) को मन्दिरमा कुनै अपरिचितको अनुरोधमा त्याग्नु पर्ने थियो। यसो गर्नाले उक्त महिलाको भाबी पति सङगको यौन जीवन सुखी बनाउछ भन्ने बिश्वास गरिन्थ्यो। भनिन्छ यस्तो चलन करिब करिब सबै सस्कृतीमा आफ्नै बिश्वास अनुसार बिद्यमान थियो।
धेरै समाजमा योनि प्रवेश को (Vaginal penetration) कारणले रक्तस्राव हुनुलाई सतित्व (chastity) हुनुको ठोस प्रमाण मानिन्थ्यो।योनिमा लिङ्ग प्रबेश गरे पछि मात्र झिल्ली बिनास भएर रगत बग्छ। त्यसपछि केटीले कौमार्यता गुमाउछ। उदाहरणको लागि दक्षिण पश्चिम एसियाको घुमन्ते मुस्लिम जातिमा सुहागरातमा नवविवाहित दम्पतीले सम्भोग गरेमा दुलही “कुमारी” हो कि हैन भन्ने थाहा पाउन उनीहरुले प्रयोग गरेका तन्ना हेरिन्थ्यो र उक्त तन्ना गाउँ भरी नै प्रदर्शन गरिन्थ्यो।तन्नामा रगत नदेखिएमा उनी माथी शङ्का गरेर माइत पठाइन्थ्यो। भनिन्छ यो परम्परा भारत,चीन, जापान को विभिन्न भागमा विद्यमान थियो।
सन् १९७० को दशकमा ब्रिटेनमा आप्रवासी नियन्त्रण गर्ने माध्यमको रुपमा भारतीय महिला आप्रवासीहरुको कौमार्यता परिक्षण गर्ने गरेको थियो । कौमार्यता परिक्षण गरेकोमा भारत तथा ब्रिटेन दुबै देशमा ब्यापक बिरोध भएको थियो । भारतमै पनि यो कुप्रथा नभएको हैन। सन् १९८८ मा भारतको राइपुरको एक सरकारी अस्पतालको अविवाहित नर्सहरुले आफूलाई कौमार्यता परिक्षण (Virginity test) गर्न बाध्य पारेको भनेर तिब्र आक्रोश ब्यक्त गरेका थिए। त्यसबेला भारतमै पनि एर इन्डियामा विमान परिचारिका (Airhostess) को जागीर खान पनि कौमार्यता परिक्षण गरिन्थ्यो। एर इन्डियाले विमान परिचारिकाहरु सुन्दर हुनु पर्छ भन्नू त तर्कपूर्ण तर कुमारी हुनु पर्छ भन्नू चै बेकुफी थियो। यो प्रथाको परिचारिकाहरु ले तिब्र बिरोध गरेका थियो।
यौनिक नैतिकता सामाजिक र सास्कृतिक विश्वासको उपज मात्र हो। बर्षौ देखि चलिरहेको चलन पुरुषको लागि यौन स्वतन्त्रता हुनु तर महिलाको लागि निषेधात्मक बन्देज हुनु सामाजिक अन्याय हो। पुरुषले धेरै महिला सङ्ग यौन सम्बन्ध राख्न सके बहादुरी ठहरिने तर महिलाले कारणबस कौमार्यता गुमाउनु परे पनि चरित्रहीन ठहरिने। बलिउडका महानायक अमिताभ बच्चन खेलेको चलचित्र “पिङ्क” मा पनि यस्तै एउटा सवाल उठाइएको छ – “केटीहरुलाई के तिमी कुमारी छौ भन्ने प्रश्न गरिन्छ, तर यहि प्रश्न केटाहरु लाइ किन गरिन्दैन.?” । परम्परागत समाजमा कुनै पनि पुरुषले आफ्नी श्रीमती ले “ कुमारित्व” गुमाइ सकेको कुरा सुन्न सक्दैन।
महिला र पुरुष लागि यौन नैतिकता फरक गरिएकोमा तिब्र आलोचना गर्दै विख्यात दार्शनिक तथा नोबेल पुरस्कार बिजेता बरट्रान्ड रसेलले भनेका थिए – “पुरुषलाई आफ्नो चाहना अनुसार कुनै पनि महिला संग सम्भोग गर्न छुट हुन्छ। आफ्नी श्रीमती वा अरुले थाहा नपाउने गरि पुरुषले अरु महिला संग यौन सम्पर्क राखेमा यों सम्बन्ध अबैध वा अनैतिक हुदैन नैतिकताको मापदण्ड अनुसार पुरुष पनि महिला जस्तै बिबाहको बेला कुमार हुनु पर्छ, तर यथार्थमा पुरुषले यो पालना गर्दैन तर महिलाले पालना गर्न जरुरी मानिन्छ।” रसेल परम्परागत नैतिकताको यस्तो असमानताको बिरोधी थिए र उनका अनुसार महिला तथा पुरुष दुवै लाई सम्भोग गर्ने मामलामा समान अधिकार हुनु पर्छ क्ष् रसेलले कौमार्यताको आवश्यकता लाई यसरी आलोचना गरेका थिए – “कौमार्यतामा जोड दिनु भनेको महिलालाई राजनीतिक र आर्थिक रुपले निकृष्ट राख्ने अठोटको अभिन्न भाग थियो।”
बर्तमान समाजमा कौमार्यताको बन्देज क्रमिक रुपमा खुकुलो भएर गइरहेको छ। मानिसको सोचाई र रीतिरिवाजमा यति तिब्र परिवर्तन आयो कि बिवाहपूर्व कुमारी रहनु पर्ने प्रथा लाइ कुप्रथा मान्न थालिएको छ। सतित्व लाइ पुरानो काम नलाग्ने धारणा मानिन्छ। भनिन्छ कि हाल कुमारी दुलहीको अवधारणा ल्याण्डलाइन फोनहरु वा डिभिडी प्लेयर्स जस्तै पुरानो भइसक्यो। पुरानो नैतिक तथा धार्मिक मान्यता करिब करिब बिनाश हुन् थालेको छ। आज कोहि पनि केटा सुहाग रातमा पहिलो पटक कुमारी केटी संग सम्भोग गरेको भनेर गर्ब गर्न सक्दैन.क्ष् पुरानो समयमा आफुले बिबाह गर्न लागेको केटीले सम्भोग गरिसकेको कल्पना पनि गर्न सक्दैन थिए। आजको मान्यता अनुसार यो सहजै स्विकार्नु पर्छ कि अबिबाहित केटीहरूको बिबाह पूर्व केटाहरु संग आत्मीय सम्बन्ध थियो।
सन् १९७० को दशकमा महिला यौनिकता बारे गरिएको एक सर्भेक्षण अनुसार महिला जनसंख्यामा ब्रिटेन मा ७० प्रतिशत , स्विडेनमा ९७ प्रतिशत र अमेरिकामा ३० प्रतिशतले बिबाह पूर्व सम्भोग गरककका थिए, अर्थात कौमार्यता गुमाएका थिए। अर्कोतिर भारतीय केटीहरु भने यौनको मामलामा रुढीवादी सोचको पाइएको थियो.। हाल धेरै जसो देशमा एउटी केटी परिपक्व भए पछि उनले आफ्नो कौमार्यत्ता कायम गर्नु न त आबश्यक न त वाञ्छनीय ठानिन्छ।
कौमार्यताको आवश्यकता नहुनुले सकारात्मक र नकारात्मक दुबै खाले असर पारिराखेको छ। एकातिर यसले जवानीमा बिधुवा भएकाहरुलाई, बाध्यताबस पारपाचुके गर्नु परेकाहरुलाई पुनर्बिबाह र बलात्कारमा परेकालाई पनि सहज बिबाहको ढोका खोली दिएको छ। समाजले “त्यो त अर्काको जुठो” भनेर लाञ्छना लगाउन छोडे पछि पुनर्बिबाह सहज भएको छ। हाम्रै केही कलाकारहरुले उमेर ढल्केर पनि नया श्रीमती वा श्रीमान् पाएर खुसीको जीवन बिताउन थालेका छन। यस्लाइ सकारात्मक असर भन्नू पर्छ। अर्को तिर सजिलै दोस्रो बिबाह गर्ने संभावना भएकोले अलिकति मात्र पति र पत्नी को बीच ठाकठुक परे पनि सम्बन्ध बिच्छेद गर्न प्रोत्साहित गर्ने गरेको छ। निसन्देह यसले सम्बन्ध बिच्छेदको दर बढाएको छ। सम्बन्ध बिच्छेद केटाकेटीको खेल जस्तो भएको छ ।
यो भन्दा पनि अझ गम्भीर कुरा त एकातिर बिबाहको लागि कुमारित्व आबश्यक नहुनु, हलिउड सिनेमाको असरले केटाकेटीले बिबाह पुर्बनै यौन चाहना गर्नु, गर्भ निरोधक औषधी सजिलै उपलब्ध हुनु र अर्कोतिर महिलाबादीहरुको “महिलाको आफ्नो शरीरको अधिकार आफै संग हुन्छ” भन्ने जिरिहले बिबाहपुर्ब (Premarital) यौन सम्पर्क बदलिदो समाजको बदलिदो तर विकृत स्वरुप भएर आइरहेछ। यस्लाइ चै नकारात्मक असर मान्नु पर्छ। शायद बिबाहेतर (Extramarital) सम्बन्धलाई त अहिले सम्म गाजेको छैन होला।
बिपरित लिङ्ग प्रतिको आकर्षण जैविक आवश्यकता हो जसलाई ऋषिमुनीहरुले समेत दमन गर्न सकेनन।तर कौमार्यताको आवश्यकताले सामाजिक मर्यादा अनुकुल मात्र यौन आचरण गर्न पक्कै केही लगाम लगाएको थियो । महिलावादीहरु त यो पनि तर्क गर्छन् कि कौमार्यताको आवश्यकताले गर्दा अनियन्त्रित यौन चाहना मेटाउन एनल, ओरल र लेस्बियन यौन सम्पर्क जस्ता बिकृति पनि उत्पन्न गरेको छ।
त्यसैले यो कुप्रथा को अन्त हुनु पर्छ। एलिजा अन्यनगिको निस्कर्ष छ – “झिल्ली भनेको काल्पनिक र कौमार्यता भनेको बनावटी कुरा हुन। अब ती दुबै जाने बेला भयो“। (The hymen’s a myth and virginity’s a construct. It’s time to let both go.) । के अब बर्षौ देखि समाज जरो गाडिराखेको कौमार्यताको आवश्यकता लाई महत्व दिईने अवधारणाको औचित्य सकियो र ? के यसको अन्त नै हुनु पर्छ त ?
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij