नेपाल सम्वत् ११४५, दिल्लागाः १५ त्रयोदसी, (८ श्रावण, २०८२, २४ जुलाई, २०२५ बिहीबार, बाँपीझ्याला । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ अहिले चर्चामा छ । केही दिनअघि सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन महिलाको गेटअपमा देखिएका छन् । जसको गेटअफ र अभिनयको समेत तारिफ भइरहेको छ ।
अर्का रिसभ आले आफूले पुरै भिडियोमा नाजिरलाई चिन्न नसकेको बताउँछन् । ‘साँच्चै भन्नुपर्दा मैले पूरै भिडियोमा नाजिरलाई चिन्न सकिन,’ उनी लेख्छन् ‘दोस्रो पटक हेरेपछि मैले चिनेको थिएँ ।’ उनले नाजिरलाई नाजिर र उनको अभिनयलाई सलाम भनेका छन् ।
फिल्ममा नाजिरको अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय छ ।
नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहेको फिल्मको अनुपम श्रेष्ठसहयोगी निर्माता हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij