Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

टुकी संघ दोलखामा कर्मचारीहरुको कार्यसम्पादन कागज विहिन बनाउर्दै

टुकी संघ दोलखामा कर्मचारीहरुको कार्यसम्पादन कागज विहिन बनाउर्दै

नेपाल सम्वत् ११४५, दिल्लागाः १० दशमी, (४ श्रावण, २०८२, २० जुलाई, २०२५) आईतबार, बाँपीझ्याला ।  ग्रामीण विकास टुकी संघ र सिविन नेपालबाट दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. ०४ देखि ०८ र कालिञ्चोक गाउँपालिका वडा नं. ०१ देखि ०४ मा सञ्चालनमा रहेको महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (WOCELIP) मा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन अव कागज विहिन हुने भएको छ ।  

यसरी संघले परियोजनामा कार्यरत फिल्डस्तरको कर्मचारीहरुको कार्य सम्पादनलाई बदलिंदो परिवेशमा विकास भैरहेको कम्प्युटर र अनलाइन प्रविधि मैत्री वनाउँदै लैजाने प्रयास अनुसार विगत केही बर्ष अघि देखि आफुले सम्पन्न गरेको क्रियाकलापहरुको प्रतिवेदन मोवाइलको माध्यमबाट अनलाइन बाटै पेश गर्दै आएका छन् । 

उनीहरुको कार्य सम्पादनमा कागजी कार्यहरु त रहि नै रहेको छ । यस परियोजना सञ्चालक दुवै साझेदार संस्थाहरु अब फिल्डस्तरीय कर्मचारीहरु सामाजिक परिचालक र कृषि प्राविधिकहरुलाई कम्प्यूटरबाट दस्तावेज तयार गर्ने आधारभूत सीप सम्बन्धमा २०८२ असार ३२ गते प्रशिक्षण दिएर ल्यापटप उपलब्ध गराइएको छ । 

संघको यस परियोजनामा कार्यरत बरिष्ठ कर्मचारीदेखि फिल्डस्तरका सबै कर्मचारीहरुलाई ल्यापटप उपलब्ध भएको छ भनी कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले बताउनु भयो । अवदेखि परियोजनामा कार्यरत सबै कर्मचारीहरुले मासिक प्रगति प्रतिवदेन र कोबो रिपोट ल्यापटपमा तयार पारि पेश समेत कार्यकारी निर्देशक श्रेष्ठले बताउनु भयो ।

समुदाय परिचालन र प्राविधिक सिप, क्षमता र खोजमूलक प्रविधिको उपयोग गरि समुदाय परिचालनको क्षेत्रमा सक्षम हुने र कार्य सम्पादनमा पनि छिटो छरितोरुपमा हुँदै परियोजनामा कार्यरत सबै कर्मचारीहरुको कार्यसम्पादन कागज विहिन हुने विश्वस्त रहेको समेत उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार